सिटौला पनि सभापति उम्मेद्वार

-- ?>

काठमाडौं—नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि आफूलाई सभापतिको उम्मेद्वारको रुपमा अघि सारेका छन् । बुधवार काठमाडौंमा आयोजित प्यानल घोषणा सभामा सिटौलाले युवा नेता गगन थापालाई महामन्त्रीका रुपमा अघि सार्दै आफ्नो प्यानल घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको सिटौलाको प्यानलमा पूर्वमन्त्री उमाकान्त चौधरी कोषाध्यक्षको उम्मेदवार बनेका छन् ।
पत्रकार सम्मेलनमा सिटौला, थापा तथा चौधरीले आफ्नो भनाइ संक्षिप्त रुपमा राखेका थिए । उनीहरुले संयुक्त रुपमा पार्टीको नेतृत्वमा घोषणा भएको नयाँ संविधानको कार्यान्वयन र पार्टीको नेतृत्व परिर्वतनलाई मुख्य एजेण्डा बनाएको बताएका छन् ।
सभापतिका उम्मेदवार सिटौलाले देशलाई जोड्ने र संविधान कार्यान्वयन गर्ने एजेण्डाका साथ आफ्नो टीमको निर्माण भएको बताएका छन् । महामन्त्रीका उम्मेदवार गगन थापाले कांग्रेस महाधिवेशनबाट कसले जित्छ भन्दा पनि देशले के पायो भन्ने प्रश्न महत्वपूर्ण भएको भन्दै आफूहरुले १२ बुँदे सम्झौतादेखि प्रारम्भ भएको परिर्वतनलाई माया गर्नेहरुको टीम बनाएको दाबी गरेका छन् । थापाका अनुसार कांग्रेसले पटक—टक जित्यो तर जितलाई जोगाउन सकेन । ‘हामी अब फेरि आन्दोलन गर्न नपर्ने गरी यो जितलाई जोगाउन चाहन्छौं,’ थापाको भनाइ छ ।