परराष्ट्रमन्त्री सँग अन्तरक्रिया हुदै,आउने शनिबार नेपाल फेस्टिभल

-- The NTA ?>

15135843_1467773906566430_4743263983938635422_n“शुक्रबार परराष्ट्रमन्त्री सँग अन्तरक्रिया हुदै,आउने शनिबार नेपाल फेस्टिभल “

नेपाल सरकारका परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत नेपाल फेस्टिभल सिड्नीको प्रमुख अतिथिको रुपमा सहभागी हुन यति बेला अस्ट्रेलियाको सिड्नीमा छन् । बिभिन्न दृष्टिकोणले निक्कै महत्वपूर्ण मानिने नेपाल फेस्टिभलमा सहभागी हुन यति माथिल्लो स्तरको सरकारको प्रतिनिधि सहभागी हुने कुराले सबैमा उत्साहा छाएको छ ।
सिड्नी ओर्ले देखि नै भेटघाटमा व्यस्त मन्त्री महतले भोलि शुक्रबार (२५ नोभेम्बर) का दिन सिड्नीमा यहाँका समुदायका धेरै भन्दा धेरै सद्स्यहरु संग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । एनआरएनए अस्ट्रेलियाले एनएसडब्लु महाबाणिज्यदुतको कार्यालयको सहकार्यमा हुन लागेको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी हुन् आयोजक एनआरएनए अस्ट्रेलियाले सबैलाई अनुरोध गरेको छ । एनआरएनए अस्ट्रेलिया एनएसडब्लुका को-अर्डिनेटर दिनेश पोख्रेलका अनुसार निक्कै छोटो समयमा तय भएको यस कार्यक्रममा सके सम्म सबै नेपाली संघ संस्थाका प्रतिनिधिहरु लाई इमेल वा फोन मार्फत सम्पर्क गरि अन्तरक्रिया कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिने र जानकारी गराउने कार्य हुदैछ । Level 5, 303 Pitt street मा बिहान ११.३० देखि १.३० सम्म हुदै गरेको उक्त कार्यक्रममा यदि कसैले प्रत्यक्ष सम्पर्कबाट जानकारी नपाउनु भएको भए पनि यसैलाई निमन्त्रणा स्वीकार गरि सहभागी हुनका लागि एनआरएनए अस्ट्रेलियाको तर्फबाट पोख्रेलले सबैलाई अनुरोध गरेका छन् ।
यसै बिच प्राप्त समाचार अनुसार परराष्ट्रमन्त्री महतले अस्ट्रेलिया सरकारको समकक्षी विदेशमन्त्री जुलिया विशोप र विपक्षी दलका नेता र अन्य अस्ट्रेलियन राजनीतिक पार्टीका नेताहरु सँग भेटघाटको लागि आज ( बिहिबार ) तय भएको अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले जानकारी दिएका छन् । त्यसैगरी प्रमुख प्रतिपक्षी दलका नेता बिल शर्टन संग पनि परराष्ट्रमन्त्रीको भेटघाटको कार्यक्रम रहेको शर्टनको कार्यालयको तर्फबाट सान्द्रा वेबरले द नेपाली टाईम्स अस्ट्रेलियालाई जानकारी दिएकी छन् ।
त्यस पछि बहु प्रतिक्षित नेपाल फेस्टिभल सिड्नीको आउदो शनिबार हुने कार्यक्रममा परराष्ट्रमन्त्री महत लगायत नेपालबाट आउनु भएका अन्य अतिथिहरु, बाणिज्य दुतहरु र अस्ट्रेलियाका राजनीतिक पार्टी र सरकारको प्रतिनिधित्व गर्दै सिनेटर श्याम डय़स्ट्रि, डेभिड कोल्म्यान (Federal Member of Parliamanet for Banks), सोफी कट्सिस (Shadow Minister for Multiculturalism for NSW, Member for Canterbury) मार्क जोसेफ कोउरे (Member of the Legislative Assembly/State Member for Oatley), काउन्सिलरहरु लगायत सहभागी हुने एनआरएनए अस्ट्रेलियाका पब्लिक अफिसर एबम कार्यक्रम संयोजक दिनेश पोख्रेलसंग निकट रहेर फेस्टिभल सफल बनाउन दिन रात खटेका समिम अनावरले बताए ।
nepal-festivalकार्यक्रममा बिशेष अतिथिको रुपमा एनआरएनएका कन्द्रिय अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पन्त, संरक्षक इन्द्रा बन क्षेत्रीय संयोजकहरु, बिभिन्न देशबाट प्रतिनिधत्व गर्ने एनआरएनएका आइसीसी सदस्यहरु सहभागी हुने र यस नेपाल महोत्सबलाई आइसीसीको सम्पूर्ण टिमले नै एकदमै महत्वका साथ हेरेको एनआरएनएकी कन्द्रिय प्रबक्ता रन्जु थापाले बताइन ।
ब्रिसबेनमा निक्कै सफलताका साथ सम्पन्न नेपाल फेस्टिभल पश्चात आउदो शनिबार २६ नोभेम्बरका दिन सिड्नीमा हुदै गरेको यस फेस्टिभलको बिहान नेपालको झन्डा र प्ले कार्ड सहित डार्लिङ्ग हर्बर परिक्रमा सहित नेपाल फेस्टिभलमा रुपान्तरण हुने कार्यक्रम रहेको एनआरएनएनए एनएसडब्लुका उप-संयोजक प्रकाश खरेलले बताए । खरेलका अनुसार यस पटक नेपाल फेस्टिभल बिगतका फेस्टिभलहरु भन्दा धेरै मानेमा फरक रहेको छ, जस्तो नेपाल हाउसमा नेपालको सम्पूर्ण बिबिधताहरु समेट्दै कृतिम हिउँ पर्ने सम्म र कार्यक्रम समापन अगावै आतिशबाजीले सबैलाई मनोरंजनमा दिईने छ । कार्यक्रमलाई संगीतमय बनाउन नेपालको कन्दारा ब्याण्डको अतिरिक्त गायक सुगम पोख्रेल, गायिका अन्जु पन्त लगायत स्थानिय कलाकार हरुको बिशेष प्रस्तुति रहनेछ।
नेपाल फेस्टिभलको मुख्य आकर्षण रहेको नेपाल हाउसको स्टलको सजावट र नेपाल कै झल्को दिने बनाउने जिम्मा यस पटक नारी निकुञ्ज अस्ट्रेलियाले लिएको छ।  नारी निकुञ्ज अस्ट्रेलियाकी सुधिरा शाहका अनुसार बिगत केहि हप्ता देखि नारी निकुञ्जका सदस्यहरु ले कडा मिहेनतका साथ यसको सजावट गरेका छन् । शाहका अनुसार यस हाउस भित्र पस्दा सबैलाई एकै छिन् भए पनि म आहिले अस्ट्रेलियामा होइन नेपाल छु भन्ने भान हुदै रोमान्चित बनाउने छ ।
करिब पचास हजारले अबलोकन गर्ने अनुमान गरिएको यस पटकको सिड्नीको नेपाल फेस्टिभलमा सहभागी हुन अस्ट्रेलियाका अन्य शहरहरुबाट पनि नेपालहरु सिड्नी आउने क्रम जारीरहेको एन एनआरएनए अस्ट्रेलियाका प्रबक्ता डा. ज्ञानेन्द्र रेग्मीले बताए । रेग्मीले कार्यक्रममा आफ्नो नजिक रहेका सबै साथी भाई र बिदेशी मित्र हरुलाई समेत निमन्त्रणा गरि कार्यक्रममा सहभगी हुन आयोजकको तर्फबाट सबैलाई अनुरोध गर्दै उक्त दिन बिहान शान्ति पद यात्रा (परेड) समाप्ति पछाडी  ११. १५ बजे डार्लिङ्ग हार्बर मै  पत्रकार भेटघाटको कार्यक्रम रहेको जानकारी दिए ।
एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एबम भिक्टोरियाका संयोजक केशब कडेलका अनुसार यस पटक सिड्नीको नेपाल फेस्टिभल एकदमै सफल हुने कुरामा दुइ मत छैन । अन्य स्टेटहरु बाट जस्तै भिक्टोरियाबाट पनि ठुलो संख्यामा नेपालीहरुले सिड्नीको नेपाल फेस्टिभलमा सहभागिता जनाउने छन् । नेपाल सरकारको परराष्ट्र मन्त्रि सहभागी रहने उक्त कार्यक्रममा अन्य सबै आकर्षण सहित परराष्ट्रमन्त्रीका कुरा सुन्न सबै उत्सुक रहेको कडेलले बताए । यति माथिल्लो स्तरको नेपाल सरकारको प्रतिनिधिलाई कुनै यो वा त्यो समुह भन्दा पनि एनआरएनए कै अगुवाई र संयोजनमा उहाँको अस्ट्रेलिया बसाईमा सबै संग भेटघाट, यहाँका दक्ष नेपाली जनशक्ति संगको भेटघाट जस्ता कार्यक्रम गराउन सकेमा मन्त्रीको भ्रमण सफल हुने पनि कडेलले जिकिर गरे।
नेपाल फेस्टिभल सिड्नी सम्पन्न भई सके पछि डिसेम्बर १७ का दिन मेलबर्नमा नेपाल फेस्टिभल मेलबर्नको आयोजना हुने कार्यक्रम छ।