विहारका मुख्यमन्त्री काठमाडौंमा
काठमाडौं— नेपाली कांग्रेसको १३ औं महाधिवेसनमा सहभागि हुन विहारका मुख्यमन्त्री नितिश कुमार बुधवार साँझ काठमाडौं आइपुगेका छन् । उनलाई स्वागत गर्न कांग्रेस विदेश विभागका पदाधिकारीहरु त्रिभुवन विमानस्थल पुगेका थिए । उनलाई भारतीय राजदूत रणजित रायले पनि विमानस्थलमा स्वागत गरेका थिए । काठमाडौंमा उनी बत्तिसपुतलीस्थित अहिले होटल द्ववारिकाजमा बसेका छन् । नितिशले नेपाली कांग्रेसले नेपाली जनतको प्रजातन्त्र प्राप्तिको लागि मात्र नलडेर भारतको स्वतन्त्रताको लागि पनि लडेको इतिहास बोकेको पार्टिको महाधिवेसनमा सहभागि हुन आफू आउन पाउँदा खुशी लागेको बताएका छन् ।
मुख्यमन्त्री नितिश बिहिबार कांग्रेसको महाधिवेसनमा सहभागि हुने छन् जहाँ उनले सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि धेरै पटक नेपाल आउन खाजेपनि नितिश कुमारले भारतको केन्द्र सरकारबाट स्विकृत पाउन सकेका थिएनन् । भारतका कुनै पनि प्रदेशको मुख्य मन्त्रीले विदेश भ्रमण गर्न केन्द्रबाट स्विकृत लिनुपर्छ ।
नेपालको सीमा जोडिएको विहारका मुख्य मन्त्री हुनाले उनको यो आगमनलाई नेपाल सरकारले पनि महत्व दिएको छ । उनले अहिले साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी ओलीलाई भेट्ने कार्यक्रम छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...