राष्ट्रपतिद्वारा योग शिविर उद्घाटन

-- ?>

yog-shibir

वीरगञ्ज— राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहिबार बिहान वीरगञ्जको आदर्शनगरमा ५ दिने योग विज्ञान शिविर उद्घाटन गर्नु भएको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले शारीरिक र मानसिक आरोग्यका लागि योग महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नु भयो । राष्ट्रपति भण्डारीले योगको माध्यमबाट स्वस्थ जीवन प्राप्त हुनेमा विश्वस्त रहन आग्रह गर्नु भयो ।

‘योग पूर्विय सभ्यताको अभिन्न अंग हो, हजारौं वर्षदेखि मानिसहरुले मानसिक र शारीरिक आरोग्यका लागि योगको प्रयोग गर्दै आएका छन्’, राष्ट्रपतिको भनाइ छ—‘ सन् २०१५ देखि जुन २१ लाई अन्र्तराष्ट्रिय योग दिवसको रुपमा मनाउन थालिएपछि यसको महत्व अझै बढेको छ ।’ प्रकृतिको अनुपम उपहारको रुपमा रहेको नेपाल कैयौं ऋषिमुनीका लागि साधना स्थल रहेको बताउँदै राष्ट्रपतिले योग, साधना र आर्युवेद विज्ञानको महत्व धेरै रहेको बताउनु भयो ।

कार्यक्रममा सहभागिता जनाउन भारतबाट आउनु भएका योगगुरु बाबा रामदेवले जल, जंगल, जमिन र जडिबुटीको माध्यमबाट नेपालको उन्नती सम्भव रहेको बताउनु भयो ।

भारतमा डाबर कोलगेट जस्ता बहु राष्टिय कम्पनीहरु भाग्न शुरु गरको बताउँदै बाबा रामदेवले नेपालमा पनि अब पतञ्जलीका उत्पादन आउन शुरु भईसकेको बताउनु भयो ।

योगले स्वास्थ्य, सुन्दरता, आनन्द र प्रशन्नता प्राप्त हुने बताउँदै बाबा रामदेवले निरन्तर योग अभ्यास गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै आचार्य बालकृष्णले देश निर्माणको संकल्प लिएर अघि बढ्न आग्रह गर्नु भयो । पतञ्जलीले भूकम्प पीडित बालबालिकाको शिक्षामा लगानी गर्न शुरु गरिसकेको बालकृष्णको भनाइ छ ।

स्वागत मन्तव्य राख्दै एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले समृद्ध नेपाल निर्माणका लागि हरेक नागरिक स्वस्थ्य रहनुपर्ने बताउनु भयो ।
उदघाटन सत्रमा भारत र रसियाका राजदूतको पनि उपस्थिती रहेको थियो ।

शिविरमा योग गुरु रामदेवले नै प्रशिक्षण दिने योग विज्ञान शिविर मूल आयोजक समितिका संयोजक विजय सरावगीले बताउनु भएको छ ।