राष्ट्रपतिद्वारा योग शिविर उद्घाटन

वीरगञ्ज— राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहिबार बिहान वीरगञ्जको आदर्शनगरमा ५ दिने योग विज्ञान शिविर उद्घाटन गर्नु भएको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले शारीरिक र मानसिक आरोग्यका लागि योग महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नु भयो । राष्ट्रपति भण्डारीले योगको माध्यमबाट स्वस्थ जीवन प्राप्त हुनेमा विश्वस्त रहन आग्रह गर्नु भयो ।
‘योग पूर्विय सभ्यताको अभिन्न अंग हो, हजारौं वर्षदेखि मानिसहरुले मानसिक र शारीरिक आरोग्यका लागि योगको प्रयोग गर्दै आएका छन्’, राष्ट्रपतिको भनाइ छ—‘ सन् २०१५ देखि जुन २१ लाई अन्र्तराष्ट्रिय योग दिवसको रुपमा मनाउन थालिएपछि यसको महत्व अझै बढेको छ ।’ प्रकृतिको अनुपम उपहारको रुपमा रहेको नेपाल कैयौं ऋषिमुनीका लागि साधना स्थल रहेको बताउँदै राष्ट्रपतिले योग, साधना र आर्युवेद विज्ञानको महत्व धेरै रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागिता जनाउन भारतबाट आउनु भएका योगगुरु बाबा रामदेवले जल, जंगल, जमिन र जडिबुटीको माध्यमबाट नेपालको उन्नती सम्भव रहेको बताउनु भयो ।
भारतमा डाबर कोलगेट जस्ता बहु राष्टिय कम्पनीहरु भाग्न शुरु गरको बताउँदै बाबा रामदेवले नेपालमा पनि अब पतञ्जलीका उत्पादन आउन शुरु भईसकेको बताउनु भयो ।
योगले स्वास्थ्य, सुन्दरता, आनन्द र प्रशन्नता प्राप्त हुने बताउँदै बाबा रामदेवले निरन्तर योग अभ्यास गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै आचार्य बालकृष्णले देश निर्माणको संकल्प लिएर अघि बढ्न आग्रह गर्नु भयो । पतञ्जलीले भूकम्प पीडित बालबालिकाको शिक्षामा लगानी गर्न शुरु गरिसकेको बालकृष्णको भनाइ छ ।
स्वागत मन्तव्य राख्दै एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले समृद्ध नेपाल निर्माणका लागि हरेक नागरिक स्वस्थ्य रहनुपर्ने बताउनु भयो ।
उदघाटन सत्रमा भारत र रसियाका राजदूतको पनि उपस्थिती रहेको थियो ।
शिविरमा योग गुरु रामदेवले नै प्रशिक्षण दिने योग विज्ञान शिविर मूल आयोजक समितिका संयोजक विजय सरावगीले बताउनु भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...