जीप दुर्घटनामा सातको निधन

बुटवल- नवलपरासीको बुलिङटार— ८ बतासामा शनिवार राति भएको जीप दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । प्रहरी चौकी बुलिङटारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग १ ज ३६३२ नम्बरको जीप दुर्घटना हुदा उनीहरुको निधन भएको हो ।
दुर्घटनामा परी निधन भएकाहरुमा डाँडाँझेरी छरछरेका २८ बर्षीय समन्ती बाचे, ५२ बर्षका खिमबहादुर बाचे, ४२ बर्षका लोकबहादुर बाचे, २२ बर्षका दीपक फाल, ४० बर्षकका जयबहादुर बाचे, ४९ बर्षका र रेश वहादुर बाचे र किशन बाचे छन् ।
बुलिङटार चौकीमा गाउँको झगडाका बिषयमा भएको घटनामा छलफल गरी फर्किएकाहरु दुर्घटनामा परेका हुन् ।
मान्छेको भीडमा जीपले ठक्कर दिदा धेरै जना घाईते भएको र मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकबाट करिब दुईसय मिटर तल खसेको छ ।
पहाडी भू–भाग भएकाले दुर्घटना लगतै घाईतेहरुको उद्धार गर्न कठिनाई भएको थियो । आज आइतबार विहान मात्र घाइतेहरुलाई चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा ल्याईएको छ ।
मृतकहरुलाई पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको छ । एउटै गाउँका मान्छेहरु दुर्घटना परी ज्यान गुमाएपछि छरछरे गाउँ शोकमा डुबेको छ ।
मृत्यु हुने र घाइतेहुने गरी गाउँका अधिकांश घरका मान्छेहरु दुर्घटनामा परेका छन् । जीप चालक समेत गम्भीर घाईते भएका छन् । दुर्घटनास्थल पूर्वपश्चिम राजमार्गबाट ५० किलोमिटर उत्तरमा पर्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...