साझा बसमा प्रधानमन्त्रीको यात्रा

काठमाडौं— साझा यातायात सहकारीले काठमाडौैंको शहरी क्षेत्रमा सञ्चालन गर्ने नयाँ शहरी बसको प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान उद्घाटन गर्नु भएको छ । साझा यातायातले आजदेखि थप ३० थान शहरी बस सञ्चालनमा ल्याएको हो ।
साझा बसको उद्घाटन पश्चात प्रधानमन्त्री दाहाल पुल्चोकदेखि साझा बस चढेर सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुग्नु भएको थियो । त्यसक्रममा उहाले करिव आधा घण्टा साझा बसको यात्रा गर्नु भएको हो । बसमा प्रधानमन्त्रीको यात्रालाई क्यामरामा कैद गर्ने सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती थियो ।
साझाले सञ्चालन गरेको बस काठमाडौं उपत्यकामा ३८ र उपत्यका बाहिर ८ पुगेको छ । काठमाडौं महानगरपालिकाले साझा यातायातमा पाँच करोड रुपैया लगानी गर्ने भएको महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले थप लगानी गर्ने घोषणा गरेका हुन् ।
साझा यातयातमा महानगरपालिकाको १० करोड रुपैया लगानी छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सार्वजनिक यातायात नागरिकको मौलिक अधिकार भएकाले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । सरकारले आफै बस सञ्चालन गर्नु भन्दा पहिला विगतका अनुभवबाट पाठ सिक्नुपर्नेमा दिक्षितको जोड थियो ।
कलाकरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सार्वजनिक यातायात क्षेत्रमा साझाले पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...