राइजिङ्ग गोर्खा यस बर्षको जी फाइभ माछापुछ्रे कप च्याम्पियन

-- The NTA / प्रकाशित मिति : सोमवार, मंसिर १३, २०७३
पारसको उत्कृष्ट उत्कृष्ट पर्दर्शनको सर्बत्र चर्चा
15134489_1416421811709179_231227289_nजी फाइभ माछापुछ्रे कप फुटबल प्रतियोगिता २०१६ को उपाधि द राइजिङ गोर्खाले हात पारेको छ। नोभेम्बर १९ र २० दुइ दिन सम्म चलेको निक्कै सनसनीपूर्ण प्रतियोगितामा फाइनलमा द राइजिङ गोर्खाले डार्बिन हार्ट्सलाई ४-० को फराकिलो अन्तरले पछी पार्दै उपाधि हात पर्न सफल भएको हो । युवा खेलड़ी पारस थापाको उत्कृष्ट प्रदर्शन सहित २ गोल, प्रबल रंजितकर र आभाष थापाले एक एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको उक्त खेलका सम्पूर्ण खेलहरु सिड्नीको भ्यालइनटाइन पार्कमा भएको थियो।
सेमीफाइनलमा द राइज़िंग गोर्खाले ग्रानभिललाई र डार्बिन हार्ट्सले मेल्बर्नको यती फुटबल क्लबलाई पछि पर्दै फाइनलको यात्रा तय गरेका थिए। तेसै गरी तेस्रो स्थानको लागि भएको खेलमा यती फुटबल क्लबले ग्रानभिललाई फराकिलो अन्तरले हराउन सफल भयो । प्रतियोगितामा ४ भिन्न राज्यका खुला तर्फ १६ र ३५+ बाट ८ गरि कुल २४ टीमको सहभागिता थियो।
खेल प्रेमी दर्शकले भरि भराउ सिड्नीको ग्लेनउड स्थित भयाल्यानटाइन पार्क शनिवार र आइतबार नेपालीमय भएको थियो । अन्तराष्ट्रिय स्तरको खेल मैदान पहिलो पटक अस्ट्रेलियामै नेपाली कल्बहरुको बिचमा खेल भएकोआयोजक द्वारा दाबी छ।
ग्यालेक्सी एजुकेशन, बिज एजुकेशन, नेपकोम, सिड्नी एक्सप्रेस, ग्लोबलएनसी एजुकेशन मिलेर बनेको समुह जी फाइभले प्रायोजन गरेको उक्त प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी डार्बिनका सुलभ मास्के घोषित भए । म्यान अफ दी फाइनलको उपाधि पनि डार्बिन कै सुरज श्रेष्ठ र उत्कृष्ट गोलरक्षक द राइजिङ गोर्खाका समीप गौचन घोषित भए । 15171000_10207470378628614_3480227413925639056_nप्रतियोगिताको विजेताले दुइ हजार डलर र ट्रोफ़ी तथा पदक भने दोस्रो स्थान हात पार्ने टोलीले आठ सय डलर प्राप्त गरेको छ। त्यसै गरी ३५+ को उपाधि माछापूछे क्लबले मेलवर्नको यती फुटबल क्लबलाई पछी पार्दै आफ़नो पोल्टामा पार्न सफल रह्यो। प्रतियोगिताका बिजयी एबम सहभागी खेलाडीहरुलाई संघीय सांसद जुलाइ फीन र अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदुत राजेन्द्र पाण्डे, नेप्लीज अस्ट्रेलियन फुटबल संघका अध्यक्ष राजु मानन्धर लगायतले पदक तथा प्रमाणपत्र बितरण गरेका थिए ।