जिएनसी फुटवल लिग २७ नोभेम्बरबाट

१७ वटा फुटबल प्रतियोगिताहरु सफलताका साथ सम्पन्न गरेको गोर्खा नेप्लीज कम्यूनिटिले आफ्नो १८ जिएनसी फुटवल लिग ग्यालेक्सी एजुकेशनको प्रयोजनमा आउने नोभेम्बर २७ आइतबारबाट सुरु गरेको छ । यस पटकको ग्यालेक्सी जिएनसी फुटवल लिगमा दशवटा क्लव सहभागि भएका छन् जस मध्ये ८ टिम १७ औ लिग बाटै र २ टिम हालै सम्पन्न खुल्ला छनोटबाट प्रतियोगितामा सहभागी भएका हुन्। खेल सम्बन्धि जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा खेलकुद सचिब राजिब प्रधानले उक्त जानकारी दिएका हुन्। प्रधानका अनुसार यस पटकका सहभागी १० टिम हरुमा द राईजिङ गोर्खा फुटबल क्लव, सेन्ट जर्ज नेपाली क्लव, सेन्ट जर्ज फ्रेण्ड्स क्लव, माछापुच्छ्रे फुटबल क्लव, ग्रयानभिल राइनो फुटबल क्लव, सिम्रीक फुटबल क्लव, तामाङ् रिक्रियसनल क्लव, वेस्टन युनाईटेड फुटबल क्लव, फेवा फुटबल क्लव र हिमालयन युथ क्लव रहेका छन्।
यसै गरि पत्रकारहरुलाई जि एन सि अध्यक्ष टंक गुरुङ लगायत संस्थाका पदाधिकारी हरुले छनोट प्रकृया, जिएनसी फुटवल लिगको इतिहास बारेमा प्रष्ट परेका थिए । उक्त कर्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले अष्ट्रेलियामा फुटबललाई माया गर्ने धेरै खेलाडी र हितैसीहरु रहेको उल्लेख गर्दै प्रकृया मिलेमा यहाँका नेपाली मुलका खेलाडीहरुलाई नेपालमा नेपाली खेलाडी सँग र राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी बनाउन अखिल नेपाल फुटबल संघ तयार रहेको बताए। जि एन सिका उपाध्यक्ष देव गुरुङले खेललाई मर्यादित र अनुशासित तरिकाले खेल्न सबैलाई अनुरोध गर्दै सबै लाई धन्यबाद ब्यक्त गरेको उक्त पत्रकार भेटघाट कार्यक्रमको संचालन संस्थाका संचार संयोजक प्रकास निम्लेकुले गरेका थिए।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...