उडान एल्बमबाट बहुप्रतिक्षित “बादल सँगै’ को म्युजिक भिडियो सार्वजनिक

-- / प्रकाशित मिति : मङ्लबार, मंसिर १४, २०७३

‘ बादल संगै माथि माथि चरा जस्तै उडछु भन्दै, निस्कियो है एउटा मान्छे पक्कै कतै पुग्छु भन्दै …… ‘
udaan-music-videoअष्ट्रेलियामा रहेर गित-संगीत सृजनामा लागिपरेका ८ सर्जकहरुको सामुहिक सांगितिक यात्रा ‘उडान’ (ए अ म्युजिकल जरनी फ्रम अस्ट्रेलिया) को पहिलो म्युजिक भिडियो ‘बादल सँगै’ हालै सार्वजनिक भएको छ।
निष्प्रभ सजीको शब्द रचना, हेमन्त राणाको संगीत र सुमधुर स्वरका धनि सन्जिब पराजुलीको स्वरमा तयार पारिएको गीत ‘बादल सँगै’ को भिडियो हजारौँ दर्शक-श्रोताहरुको बीच बिमोचन गरियो । हरेक दुइ वर्षमा सिड्नी, अस्ट्रेलियामा आयोजना हुने ‘नेपाल फेस्टिवल’ कार्यक्रममा गायक पराजुलीले प्रत्यक्ष्य गाउँदै, ठुलो पर्दामा भिडियो सार्वजनिक भएको हो । अत्याधुनिक उपकरणहरू प्रयोग गरी निर्माण गरिएको यस म्युजिक भिडियोमा नेपाली र अस्ट्रेलियन कलाकारहरुलाई देख्न सकिन्छ। फरक कथावस्तु र निर्माण शैलीमा तयार पारिएको यो भिडियो संदेश मुलक रहनुका साथै पृथक बनेको जनाईएको छ । यस भिडियोको निर्देशन सबिन ज्ञवालीले गरेका हुन्। निर्देशक ज्ञवाली अस्ट्रेलियन फिल्म इन्डस्ट्रीका डाइरेक्टर/प्रोडुसर र नाईफा सिड्नी इन फोक्स् स्टुडियोका इन्स्ट्रक्टर हुन्।
‘उडान’ एल्बममा अस्ट्रेलिया बस्दै आउनु भएका गायक गायिकाहरु इश्वर पोख्रेल ‘अविरल’, समिर आचार्य, सन्जिब पराजुली, नरेन कुलुङ्ग, सुजाता उपाध्याय र मोक्षदा सिलवालको आवाज रहेको छ भने रचनाकारद्वय निष्प्रभ सजी र प्रदीप चापागाईंका शब्दहरु रहेका छन्। केहि हफ्ता अघि ‘उडान’ एल्बमको अडियो एक भब्य समारोहका बीच बिमोचन भएको थियो। जसमा कलाकारहरुको यस सांगीतिक अभियानलाई अन्तराष्ट्रिय कलाकार समाज INAAS सिड्नी, अस्ट्रेलिया र आल्प इन्टरटेनमेन्टको संयुक्त आयोजनामा सम्पन्न गरिएको थियो ।
(‘बादल सँगै….’ गीतको भिडियो हेर्नुहोस )

https://youtu.be/Jezg_axd6l0