एनआरएनए कप फुटबल आउने आइतबार 

-- The NTA / प्रकाशित मिति : मङ्लबार, मंसिर १४, २०७३
15235829_10210018999623038_8340572159975852978_oएनआरएनए स्पोर्ट्स टिमको आयोजनामा आउँदो डिसेम्बर ४ आइतबारको दिन एक दिने एनआरएनए कप फुटबल प्रतियोगिता हुदैछ। एनआरएनए अस्ट्रेलिया स्पोर्ट्स टिमका संयोजक नन्द गुरुङ र सचिब इथान (थानु) शाक्यले एक प्रेस बिज्ञप्ति जारि गरि उक्त जानकारी दिदै खेलमा सहभागी हुन सबै खेल प्रेमीहरुलाई अनुरोध गरेका छन् । बिज्ञप्तिका अनुसार खेलकुदको माध्यमबाट आपसी भाइचारा बढाउदै एनआरएनएको मूल धारमा धेरै भन्दा धेरैलाई सहभागी गराउनु उदेश्यले यसै बर्ष देखि बिभिन्न खेल प्रतियोगिताहरु संचालन भएका थिए ।  जस अनुसार बास्केटबल, भलिबल र क्रिकेट सम्पन्न भइ सकेका छन् भने आउँदो डिसेम्बर ४ आइतबारकोका दिन एबिके लयर्स एनआरएनए कप फुटबल २०१६ प्रतियोगिता हुदैछ ।
एनआरएनए स्पोर्ट्स डेको अबसर परेर आयोजना हुदै गरेको यस प्रतियोगिताका खेलहरु मकवारी पार्क स्थित Culloden Road अबस्थित खेल मैदानमा हुन गैरहेको छ। एबिके लयर्स ( ABK Lawyers) मुख्य प्रायोजक रहेको यस एनआरएनए कप फुटबलको इभेन्ट पार्टनरमा Advance Collage of Health र Ray White real state रहेका छन् भने सपोर्टमा Innovative Associates, Expert Group, Oli & Associates,  AD’s Kitchen र ELS Global रहेका छन् ।
यस प्रतियोगितामा अस्ट्रेलियामा लिग खेल्ने २० टिमहरु र ६ सिनियर (३५+)  टिमहरुले सहभागिता जनाउने छन् ।  बिजेता टिमलाई कप, प्रमण पत्र तथा नगद पुरुस्कारको व्यवस्था गरिएको छ ।  जस अनुसार प्रथम टिमलाई २५ सय अस्ट्रेलियन डलर र दोश्रो टिमलाई १२ सय अस्ट्रेलियन डलर पुरुस्कारको राशी रहेको छ । सम्पूर्ण नेपाली दाजु भाई दिदि बैनी हरुलाई उक्त दिन स परिवार उपस्थिति भइ खेलाडीहरुको मनोबल बढाई दिनु हुन एनआरएनए अस्ट्रेलिया स्पोर्ट्स टिमले हार्दिक अनुरोध गरेको छ।