मन्दिर निर्माणार्थ ॐकार भजन सन्ध्या हुदै, सबै भक्तजनहरुमा निमन्त्रणा 

-- The NTA / प्रकाशित मिति : बुधबार, मंसिर १५, २०७३

received_1244344018956788समस्त सनातन धर्माबलम्बीहरु का आराध्यदेब भगवान श्री पशुपतिनथको महिमा अपरम्पार छ । विश्व सम्पदा सुचिमा समेत सुचिकृत श्री पशुपतिनाथ मन्दिर नेपालको धार्मिक महत्वपुर्ण आस्था, विश्वास एवं पर्यटकिय गन्तब्यको रुपमा विश्वमै परिचित रहेको कुरा पनि सर्वबिधितै छ  । त्यति मात्र नभएर अझ नेपालीहरु ले त राष्ट्रिय गौरवको रुपमा श्री पशुपतिनाथको महिमालाई सदैव आफ्नो शिरमा राख्ने गरेको पाइन्छ । सबैले सफल जीवन चाहेका हुन्छन, बालबालिकाहरु लाई संस्कृति सिकाउन देखि लिएर जुनै पनि शुभकार्यमा नेपालीहरु पशुपतिनाथ भगवानलाई पुकार्ने गर्दछन ।यतिधेरै आस्था, विस्वास अनि महिमा बोकेका भगवान श्री पशुपतिनाथको मन्दिर अब अस्ट्रेलियामै स्थापना गर्ने लक्ष्य राखिएको छ । अस्ट्रेलियामा बढ्दो नेपाली समुदायको भावनालाई मध्यनजर गर्दै सनातन धर्म संस्कार र सस्कृतिको मूल्य मान्यतालाई भाबी सन्ततिहरुमा हस्तान्तरण गर्न प्रेरित गराउदै केही बर्ष अगाडी देखि लागिपरेको सस्था नेपाली हिन्दु समाज अस्ट्रेलियाले उक्त श्री पशुपतिनाथ मन्दिर नेपाली समुदायको चाहना बटुलेर निर्माण गर्ने लक्ष्य एवं उद्देश्य राखेको छ ।

यस अभियानलाई समुदायमा जानकारी गराउन र आउदै गरेको नयाँ बर्ष सन २०१७ लाई स्वागत गर्न ग्रान्भिल नेप्लिज कम्युनिटी क्लवको विशेष सहयोगमा नेपाली हिन्दु समाज अस्ट्रेलियाले  ग्रान्भिल युथ एन्ड कम्युनिटी रिकृयशन सेन्टरमा १८ डिसेम्बर सन २०१६ का दिन दिउँसो ३ बजे भजन सन्ध्या कार्यक्रम आयोजना गर्न लागिरहेको छ  । नेपाल टेलिभिजन लगाएत हिमालय टेलिभिजनको चर्चित धार्मिक कार्यक्रम ॐकार ध्वनिका निर्देशक/संचालक श्री मुकुन्द शर्माको तर्फबाट सदावहार, आधुनिक तथा लोक भजन सहित  श्री पशुपतिनाथ मन्दिर निर्माणार्थ ॐकार भजन सन्ध्या को रुपमा विशेष प्रस्तुत हुने भएको छ । प्रबेश निशुल्क रहने उक्त भजन सन्ध्यामा पशुपतिनाथ मन्दिर निर्माण गर्नुको उद्देश्य र हाल सम्मको उपलब्धिहरु प्रस्तुत गरिने छ  ।  बुद्धिजिवी तथा समुदायका अग्रजहरुको रायसल्लाह सुझाव संकलन गर्दै ॐकार भजन सन्ध्या मन्दिर निर्माण महान अभियानको पहिलो खुड्किलोको रुपमा स्थापित हुने कुरा बिस्वास गरिएको नेपाली  हिन्दु समाज अष्ट्रेलियाले जानकारी दिएको छ ।

अस्ट्रेलियामा बसोबास गर्नुहुने नेपाली समुदायका सम्पुर्ण नेपालीहरु सारैनै भाग्यमानी हुनुहुदो रहेछ किनकी देवताहरुका पनि देव देवादिदेव उनै महादेव भगवान पशुपतिनाथको मन्दिर तपाईंहरु सबैको सहयोगमा बन्नलागेको छ ! त्यसैले यस्तो पुन्य कार्यको सुरुवात नाच्दै गाउदै रमाउदै गर्नुपर्छ । “हरेक नेपाली समुदायहरु जुटौ पशुपतिनाथ मन्दिर निर्माणमा कोहि नछुटौ” भन्दै ॐकार ध्वनिको तर्फबाट भजन सन्ध्याका गाएक मुकुन्द शर्माज्युले सबै नेपाली समुदायहरुलाई हार्दिक निमन्त्रणा समेत गर्नुभएको छ ।

आध्यात्मिक चिन्तनबाट भौतिक बिकास गर्न सकिने विभिन्न उदाहरणहरु सुन्नमा आइर्हेको हिजो आजको आधुनिक समाजमा सबै नेपाली तथा अन्य समुदायहरुलाई समेत सहभागी गराई नेपाल, नेपाली र सम्पुर्ण सनातन धर्माबलम्बिहरुको आस्थाको केन्द्र भगवान श्री पशुपतिनाथको मन्दिर अस्ट्रेलियाको सिड्निमा बन्नु सबैको लागि खुशिकै कुरा हुनुपर्दछ  । जसले नेपाललाई विश्वमा चिनाउन र पर्यटन प्रवर्धनमा समेत  टेवा पुग्ने छ ।

बढ्दो नेपाली समुदाय बिचमा यदि पशुपतिनाथको मन्दिर सिड्निमा बन्ने हो यदि भने नेपाल देखि धेरै टाढा रहेर पनि आफ्ना चाडपर्वहरु, संस्कार, संस्कृती,परम्म्परा भित्रका  मूल्य र मान्यताबाट कोहिपनि पक्कै टाढा हुनु पर्ने छैन। छोडेर जानुपर्ने यो संसारमा आएका छौ एकदिन खाली हात जानुछ  पशुपतिनाथ मन्दिरमा आफ्नो नामलाई स्वर्णिम बनाउन सबैलाई तन, मन, धन, वचन र कर्मले सहभागिता गराई राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रबाट समेत सहभागिता जुटाई श्री पशुपतिनाथको मन्दिर निर्माण गरेरै छाड्ने संकल्प हिन्दु समाज अस्ट्रेलियाले गरेको छ ।  सन २०१६ लाई बिदा गर्दै नयाँ बर्ष सन २०१७ को पुर्व सन्ध्यामा शुभकामना आदान प्रदान गर्न ॐकार भजन सन्ध्याको माध्यमबाट पशुपतिनाथ मन्दिर निर्माण जस्तो पावन अभियानमा हातेमालो गरिदिनुहुन सिड्निका सम्पुर्ण नेपाली समुदायहरुमा आयोजक नेपाली हिन्दु समाज अस्ट्रेलियाले हार्दिक आव्हान गरेको छ । बिस्तृत जानकारीको लागि 0431366513,0411838449,0403425337,0421557519 सम्पर्क गर्न अनुरोध गरिन्छ।