संसोधन विधेकको विरोधमा चर्कियो आन्दोलन

काठमाडौं— सरकारले मंगलबार संविधान संशोधन विधेयक दर्ता गराएपछि त्यसको विरोधमा ५ नं. प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा आज बुधवार बिहानैदेखि विरोध प्रदर्शन प्रारम्भ भएको छ ।
बुटवलमा अनेरास्ववियूको अगुवाईमा विरोध प्रदर्शन साथै यातायात ठप्प पारिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरु समेत ५ नं प्रदेश टुक्राउन लागिएको विरोधमा सडकमा उत्रिएका छन् । अर्घाखाँचीमा स्थानीय उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्ला बन्द गरिएको छ । बन्दका करण जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, कलकरखाना, बजार र यातायात बिहानैदेखि ठप्प रहेका छन् ।
संशोधनको विरोधमा आह्वान गरिएको बन्दमा जिल्लाका सबै राजनितिक दलहरुको समेत समर्थन रहेको नेकपा एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए । चक्काजामका कारण पूर्वपश्चिम राजमार्गमा चल्ने लामो तथा छोटो दुरीको यातायात ठप्प भएको छ ।
त्यसैगरी पाल्पा, गुल्मी, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा पनि विहानैदेखि विरोध प्रदर्शनका साथै चक्का जाम गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...