अपहरित नेपाली छुटाउन न्यूयोर्क र जेनेभाबाट संयूक्त पहल

होमप्रसाद लम्साल
न्यूयोर्क, सुडानको डार्फरमा बन्दुकधारीहरुद्धारा अपहरित दुई नेपाली युवालाई छुटाउने विषयमा संयूक्त राष्टसंघको कार्यलयबाट पहल भैरहेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिलासम्बन्धी नियोग (युएनएचिसआर) को सुडान कार्यलयमा कार्यरत उनीहरुलाई विभिन्न माध्यमबाट वार्ता र पहल भइरहेको संयुक्त राष्ट्रसंघीय कार्यालयले जनाएको छ । संयूक्त राष्टसंघका लागि स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईका अनुसार राष्ट्रसंघीय नियोगमा कार्यरत नेपाली अपरण परेको कुरा राष्ट्रसंघीय सम्बद्ध निकायलाई जानकारी भैसकेको र थप पहलका लागि जेनेभास्थित यूएनएचसिआर मुख्यालयले काम गरिरहेको बताए । न्यूयोर्कस्थित संयूक्त राष्टसंघ कार्यलयका स्थायी प्रतिनिधि भट्टराई र जेनेभास्थित नेपाली दुतावासले राष्ट्रसंघीय नियोगसंग अपहरणमा परेका नेपाली छुटाउन संयूक्त प्रयास गरिरहेका छन । स्थायी प्रतिनिधि भट्ट्राईले भने शुरुको चरणमा हामीले नेपाली अपहरणमा परेको थाहा पाएर पहल गर्यौ अबको बाँकी काम राष्टसंघीय कार्यलय र नेपाली दुतावास जेनेभाले हेर्दैछ कारण जेनेभामा यूएनएचसिआरको मुख्यालय छ ।
न्युयोर्कले राष्टसंघीय मुख्यलयमा जानकारी गराउने र जेनेभास्थित नेपाली दूतावासले लगातार रुपमा राष्ट्रसंघीय निकायको सम्पर्कमा रहेर बन्दीलाई छुटाउन पहल गरिरहेका हो । अपहरणबाट छुटाउन सबै संयन्त्रलाई संयमतापूर्वक लगाउनुपर्ने भएकोले त्यसमा सचेत रहेर काम भइरहेकोले कतिपय विषय गोप्य राखिएको समाचार श्रोतको भनाई छ ।
लामो समय द्धन्द्धमा फसेको सुडानको पश्चिम डार्फर क्षेत्रबाट दुई दिन अघि एक सुडानी नागरिकसहित दुई नेपाली बन्दुकधारीको अपहरणमा परेका थिए ।
अपहरित व्यक्तिअरु ललितपुर पुल्चोक र धापाखेलका हुन् । उनीहरु अपहरणमा परेको जानकारी युएनएचसीआरले परिवार र सरकारलाई दिई सकेको छ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...