डा.केसीलाई सम्पादकहरुको साथ

काठमाडौं- विगत १९ दिनदेखि अनसनमा रहनु भएका डा गोविन्द केसीको अन्दोलनप्रति नेपाली मुलधारका मिडियाका सम्पदाकहरुले ऐक्यवद्धता जनाएका छन् ।
आज बिहिकार डा.केसीलाई भेट्न गएका राष्ट्रिय दैनिक, साप्ताहिक, टेलिभिजन तथा अनलाइन मिडियाका सम्पादकहरुले डा. केसीको आन्दोलन मेडिकल माफिया, भ्रष्टाचारको विरोधमा र वृहत्तर नागरिक हितका पक्षमा रहेको भन्दै ऐक्यवद्धता जनाएका हुन् ।
बिहिबार विहान काठमाण्डू पोष्टका सम्पादक अखिलेश उपाध्याय, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल, द हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल, बाह्रखरी डटकमका सम्पादक प्रतीक प्रधान, सेतोपाटी डटकमका सम्पादक नारायण वाग्ले, नेपाल साप्ताहिकका सम्पादक प्रशान्त अर्याल, कान्तिपुर टेलिभिजनका समाचार सम्पादक दिलभूषण पाठक, कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा, हिमाल साप्ताहिकका सम्पादक किरण नेपाल, माई रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरे डा. केसीलाई भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए ।
सम्पादकहरुको समुहले डा. केसीको निष्ठा र सत्याग्रहप्रति सम्मान व्यक्त गर्दै उनको विग्रदो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गरेका थिए । उनीहरुले डा.केसीले उठाएका माग यथाशिघ्र सम्वोधन गरी उनको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले बृहत नागरिक हितका मुद्दामा मिडियाको सदैव चासो रहने भन्दै डा.केसीले उठाएका मुद्दालाई आगामी दिनमा पनि प्रमुखताका साथ उठाइरहने प्रतिवद्धता जनाएका छन् ।
डा.केसी आमरण अनशनमा रहेको १९ औं दिन पुग्दा पनि सरकारले उनका माग सम्बोधन नगरेपछि सम्पादकहरु डा.केसीलाई भेटी एेक्यवद्धता जनाउन अस्पताल पुगेका हुन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...