तीन साता धकेलियो लोकमान मुद्दाको सुनुवाइ

काठमाडौं- सर्वोच्च अदालतले अख्तियार दुरुपायोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दाको पेसी आगामी डिसेम्बर २२ (७ पुस) का लागि सारेको छ ।
कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले स्वास्थ्यको कारण देखाई आज शुक्रवारको पेसी स्थगन गर्न अनुरोध गरेपछि न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरीप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको पूर्ण इजलासले कुनै पनि पक्षको अनुरोधमा पेसी स्थगन नगर्ने गरी पेसी सार्ने आदेश दिएको हो ।
आदेशमा भनिएको छ—‘पूर्ण इजलासबाट सुनुवाइ हुने विवादको सन्दर्भमा सामान्यतयाः पेशी स्थगन गर्नु मनासिब नहुने भएको हुँदा अबउप्रान्त विवादका सन्दर्भमा निवेदन वा विपक्षी कुनै पनि पक्षको अनुरोधका पेसी स्थगित नगरिने ।’
संवैधानिक निकायका पदाधिकारीको नियुक्तिसम्बन्धी विवाद देखिँदा यसलाई लामो समयसम्म अनिर्णयको अवस्थामा राख्न उचित नहुने र सो विषयका सम्पूर्ण निवेदन साथै राखी हेरिने आदेशमा उल्लेख छ ।
कार्कीले अदालतमा अपराह्न करिब ३स्४५ बजे आएर आफैँले तोकिएको पेसी बुझेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...