आइओएमका डिनले दिए राजीनामा

काठमाडौं— त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डाक्टर केपी सिंहले राजीनामा दिएका छन् ।
त्रिविले उनलाई २० दिनअघि आइओएमको डिनमा नियुक्त गरेको थियो । नियुक्त भएसँगै शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ चिकित्सक डा.गोविन्द केसीले डिन बर्खास्त गर्नुपर्ने माग राख्दै आमरण अनसन बस्नुभएको थियो । डा. केसीको दशौँ आमरण अनसनको शुक्रबार २० औँ दिन हो ।
वरिष्ठता आधारमा डिन नियुक्ति नगर्ने चलखेलमा संलग्न विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँलाई पदबाट बर्खास्त गर्नुपर्ने डा केसीको प्रमुख माग थियो । यसबारे केसीको प्रतिक्रिया आउन बाँकी छ ।
उनले एमबिबिएस शुल्क निर्धारणबारे पुरानै शुल्क कायम गर्नुपर्ने, कुनै पनि वहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुनेलगायत माग पनि राख्नुभएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...