कांग्रेसको महाधिवेशन प्रारम्भ
काठमाडौं- ‘सुशीलको नेतृत्वमा बनायौँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेसको अधिवेशन प्रारम्भ छ ।
कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले पानसमा वत्ति बालेर अधिवेशन उदघाटन गरेका हुन् ।
उद्घाटनमा मञ्चमा कांग्रेसमा सभापति पदका प्रत्यासीत्रय पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला संगै थिए । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, विभिन्न दलका नेताहरु, भारत बिहारका मुख्यमन्त्री नितिशकुमार लगायत विदेशी पाहुनाहरु समेत थिए ।
काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख, सांसद, सञ्चारकर्मी, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि, नेता कार्यकर्तालगायत सहभागीलाई बस्नका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको थियो ।
उद्घाटनस्थल पार्टीको चारतारे झन्डा, पार्टीका ब्यानर, उम्मेदवारका प्रचारका ब्यानर तथा पोस्टरले भरिएको थियो । सुरक्षाकर्मीको व्यापक उपस्थितिका साथै कांग्रेसका स्वयम्सेवक उद्घाटनको तयारीमा जुटेका थिए । उद्घाटनपछि महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।आजदेखि चार दिनसम्म हुने महाधिवशेनको निर्वाचन कार्यक्रम भने राष्ट्रियसभा गृहमा हुनेछ ।
महाधिवेशनको तयारीका लागि राजधानी प्रवेश गर्ने स्थान तथा चोकचोकमा महाधिवेशनसम्बन्धी तुल, ब्यानर, होर्डिङबोर्ड, पोस्टर र नगरमा पार्टीको चारतारे झन्डा फहराइएको छ ।बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर जवरा, गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालाका तस्वीर र नारा लेखिएका ब्यानर टाँसिएका छन् ।महाधिवेशनमा भाग लिन कांग्रेसको विधानअनुसार २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० प्रतिनिधि, भ्रातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ जना महाधिवेशन प्रतिनिधि राजधानी आइसकेका छन् ।त्यस्तै वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य ८४ गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधि महाधिवशेनमा सहभागी हुनेछन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...