सिएनएन सुपर हिरोको उपाधि पुष्पालाई

काठमाडौं- पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छिन् ।
अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन हिरोको उपाधि प्राप्त गरेकी पुष्पालाई सुपर हिरो २०१६ को उपाधि दिइएको हो ।
उनलाई जिताउन मत अभियान चलाइ रहेका युवा अभियानकर्मी गौरव कँडेलले सो जानकारी दिएका हुन् ।
काठमाडौँमा बाल विकास केन्द्र सञ्चालन गर्दे आएकी बस्नेतले अभिभावकको साथमा जेल जीवन बिताइरहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खानालगायतको सुविधा प्रदान गर्दै आइरहेकी छन् । उपाधि पाएपछि आफ्नो प्रतिक्रियामा पुष्पाले भनिन, ‘सबैभन्दा महत्वपूर्ण कुरा तपाई आफ्नो कामलाई विश्वास गर्नुहोस् र धैर्य गर्नुहोस् । मेरो सपनालाई सार्थक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।’
योसँगै पुष्पाले आफूले सञ्चालन गरिरहेको कामको लागि ५० हजार डलर पनि प्राप्त गर्नेछन । सिएनएन हिरो छनोटको एक दशकको अवसरमा सिएनएन सुपर हिरो छनोट गरिएको हो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...