नायिका रेखा थापा राप्रपामा प्रवेश


काठमाडौं- नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन् । निर्वाचनताका माओवादीबाट सभासदको उम्मेदवार बन्ने चर्चामा रहेकी नायिका रेखा थापा अन्ततः राप्रपामा प्रवेश गरेकी हुन् । नायिका थापालाई हिजो सोमबार काठमाडौंमा आयोजित एक समारोहमा राप्रपा अध्यक्ष कमल थापाले रेखालाई टीका र माला लगाएर पार्टी प्रवेश गराएका हुन ।
राप्रपाको विचार मन परेर प्रवेश गरेको नायिका थापाको प्रतिक्रिया छ । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नायिका थापाले भनिन् —‘म हिन्दू नारी हुँ र राष्ट्रवादी केटी भएकाले राप्रपामा प्रवेश गर्न पाउँदा निकै ‘एक्साइटेड छु । राप्रपा मेरो पहिलो र अन्तिम राजनीतिक घर हो ।’
यसअघि माओवादीबाट सभासदमा उम्मेदवार बन्ने चर्चा भए पनि अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता नलिएको बताईन् । नेपाली फिल्म हीरोबाट अभिनय यात्रा प्रारम्भ गरेकी थापाले वरमाला, सहारा, मेरो एउटा साथी छ, दमदार, कवच, हाम्रो माया जुनी जुनीलाई, साथी म तिम्रो, ए पण्डित बाजे, मितिनी, जीवन रेखा, हामी तिन भाई, क्रोध, नसिब आफ्नो, बाटुली, किस्मत, बाटो मुनिको फूल, तोड, कसले छोयो मेरो मन, हिफाजत, खुशी, इसारा, मेरो जीवन साथी, अन्दाज, लंका, रावण, काली, भिर, हिम्मतवाली, तथास्तु आदि दर्जनौं फिल्ममा अभिनय गरिसकेकी छिन् ।
नायिका थापा राप्रपामा प्रवेश गर्नुभन्दा केही दिनअघि मात्र सञ्चारकर्मी तथा गायिका कोमल वली पनि राप्रपामा प्रवेश गरेकी थिइन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



