ठमेल बजारकी एलिशासंग पवन थिङको अभिनय

काठमाडौं— गायक पवन थिङले गाएका गीतहरुको एल्बम ‘साइनो’ मा समावेश नेपाली लोक पप शैलीको ‘साइनो…’ को म्युजिक भिडियो काठमाडौंमा प्रिमियर गरिएको छ । सञ्चारकर्मी भरत शाक्यको प्रमुख आथित्यमा आयोजित प्रिमियर समारोहमा गायक थिङले साइनो…गीतका बारे जानकारी गराएका थिए । त्यसक्रममा गायक थिङले पश्चिम नेपालको लोक लयमा आधारित ‘साइनो…’ स्रोताको रोजाइमा पर्न सक्ने धारणा व्यक्त गरे ।
प्रिमियर गरिएको गीतमा गायक थिङकै शब्द समावेश छ भने प्रेम गुरुङले यो गीतलाई संगीतबद्ध गरेका हुन् । फणिन्द्र राई गीतका संगीत संयोजक हुन् । निकेश खड्काद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा गायक थिङ आफैंले अभिनय गरेका छन् । अभिनयमा उनलाई नृत्यांगना एलिशा राईले साथ दिएकी छिन् । एलिशा चलचित्र ‘लुट–२’ ठमेल बजार…गीतमा आइटम डान्स गरेपछि चर्चामा आएकी कलाकार हुन् । अर्जुन तिवारी तथा उनको समुहले धुलिखेलमा छायांकन गरेको यो भिडियोलाई रोमान्टिक शैलीको दृष्य समावेश छ ।
भिडियो प्रिमियर समारोहमा सञ्चारकर्मी भरत शाक्यले गायक थिङको गायकी, अभिनय तथा म्युजिक भिडियोको प्रसंसा गरे । गीतकार किशोर घिमिरेले गीतको शब्द तथा सांगीतिक पक्षको चर्चा गरेका थिए ।
यस्तो छ भिडियो :
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...