अरुण तामाङलाई अध्यक्ष चुन्दै नेपाली आदीवासी जनजाती मञ्च अस्ट्रेलियाको अधिवेशन सम्पन्न

नेपाली आदीवासी जनजाती मञ्च अस्ट्रेलियाको अधिवेशन गत डिसेम्बर ११ आईतबारका दिन सम्पन्न भएको छ । सिड्नीको क्यान्टवेरीमा आयोजित उक्त अधिवेशनले अरुण तामाङको अध्यक्षतामा आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ । कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षहरुमा खिलेन्द्र राना मगर, ठाकुर छन्त्याल, बिष्णु फुम्बु लिम्बु लगायत छन । मञ्चले ईच्छुक अन्य जातीय संस्थाका अध्यक्षहरुलाई पदेन उपाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ ।
त्यसै गरि महासचिवमा कर्ण राजवंशी, सचिवमा लिल बहादुर गुरुङ, कोषाध्यक्षमा शशि सुब्बा लिम्बु, सह-कोषाध्यक्षमा फुर्बा छिरिङ तामाङ, साँस्कृतिक सचिवमा सबिना लामा, सह-साँस्कृतिक सचिवमा रघु जुगजाली पब्लिक अफिसरमा सुदिप गौचन रहेका छन् । त्यसै गरि कार्यक्रम संयोजकमा राम कुमार राई सिप्तुङ्खा, आईटि संयोजकमा आशिस लोहारुङ रहेका छन् । कार्य समितिका सदस्यहरुमा छिरिङ लामा, पदम छन्त्याल, लक्ष्मण गुरुङ, दिपन्द्र चौधरी, योगेन्द्र राई, सन्जय लामा तामाङ, गौपुर्जा मगर, छल बहादुर मगर, ओम कुमार राई रहेका छन् भने थप सदस्यहरु पछि मनोति गरीने संस्थाले जानकारी दिएको छ ।
कार्यभार ग्रहण पश्चात नबनिर्बाचित अध्यक्ष आरुण तामाङले द नेपाली टाईम्स अस्ट्रेलिया संग कुराकानी गर्दै आफ्नो कार्यकालमा संस्थाको बृहतर हितको लागि साझा सबालमा सबै संघ संस्थाहरु संग सहकार्य गर्दै अगाडी बढ्ने बताए । त्यसै गरि पहिचानको मुद्दालाई अभियानको रुपमा अगाडी बढाउने र अस्ट्रेलिया भरि नेपाली आदीवासी जनजाती मञ्च अस्ट्रेलियाको संगठन बिस्तार गर्ने आफ्नो मुख्य एजेन्डा हुने बताए ।
संस्थाले नब निर्बाचित कार्यसमितिलाई सल्लाह र सुझाब दिनको लागि गणेश तामाङलाई प्रमुख सल्लाहाकारमा नियुक्ति गरेको छ । त्यसै गरि सल्लाहकारहरुमा शशि राई र निमा शेर्पा लाई मानोनयन गरेको छ भने ओशियना संयोजकमा चित्र बहादुर तुम्बाहाम्फेलाई सर्ब सम्मत चयन गरेको छ ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएनए ओसियाना संयोजक महेन्द्र लम्साल, जन सम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष सन्तोष सिटौला, जनप्रगतिशिल मंचका हिमलाल गैरे, अन्तराष्ट्रिय नेपाली समाजका बिनोद पौडेल लागएत बिभिन्न संघ संस्था र समुदायका प्रतिनिधिहरुको उपस्थीती रहेको उक्त अधिबेशन कार्यक्रम संस्थाका पुर्ब अध्यक्ष एबं समाजसेवी गणेश तामांगको प्रमुख आथित्यतामा र नेपाली कांग्रेसका नेता नब राज गुरुङ आथित्यतामा संपन्न भएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



