महासचिव एन्टोनियो गुटेरेस राष्ट्रसंघको सुधारका लागि प्रतिबद्ध

संयुक्त राष्ट्रसंघका नवनियुक्त महासचिव एन्टोनियो गुटेरेसले आफू संयुक्त राष्ट्रसंघको सुधारका लागि लाग्ने बताएका छन् ।
विश्वमा शान्तिको स्थापना, विकासका क्रियाकलापको प्रवद्र्धनका साथै जलवायु परिवर्तनको असरबाट विश्व समुदायलाई बचाउन राष्ट्रसंघको सुधार गरी एक सशक्त संगठन बनाउनेतर्फ आफू लाग्ने प्रतिबद्धता उनले जनाएका छन् ।
गुटेरेसले सोमबार राष्ट्रसंघीय महासचिव पदको सोमबार शपथ लिएका हुन् । उनको पाँचवर्षे कार्यकाल आगामी जनवरी १ देखि सुरु हुँदै छ । राष्ट्रसंघीय मुख्यालयमा एक भव्य समारोहबीच उनलाई शपथ गराइएको हो ।
समारोहमा महासचिव गुटेरेसले विश्वमा देखापरिरेहका नयाँ चुनौतीको समाधानका साथै नयाँ सम्भावनाको खोजी र समस्या समाधानका लागि राष्ट्रसंघले नयाँ ढंगले काम गर्नुपर्ने बताए । न्यूनतम रूपमा पनि द्वन्द्वको समाधान गर्न नसक्नु र विश्वमा दिनहुँ जन्मने विभिन्न खालका संकटको समाधानमा प्रभावकारिता नहुनु नै अहिले राष्ट्रसंघका अघि समस्याका रूपमा देखा परेको उनले उल्लेख गरे ।
शपथग्रहण पछि विश्वका १९३ देश सदस्य रहेको राष्ट्रसंघको साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको विश्वले शक्तिशाली संयुक्त राष्ट्रसंघ खोजेको छ र यसका माध्यमबाट विश्वले द्वन्द्व र संकटको समाधान खोजेको छ ।’
संयुक्त राष्ट्रसंघको जन्म विश्वमा जारी युद्धबाट भए पनि यसको अहम् भूमिका शान्ति स्थापना रहेकाले आफ्नो कार्यकालमा यसलाई प्राथमिकता दिने पनि उनले बताए । उनले राष्ट्रसंघको अहिलेको ढाँचा र प्रयासमा व्यापक मात्रामा सुधार आवश्यक रहेको र आफ्ना तर्फबाट थप प्रभावकारी मध्यस्थता र सिर्जनात्मक कूटनीतिको खाँचो रहेको धारणा राखे ।
उनी संयुक्त राष्ट्रसंघको नवौं महासचिव पदका लागि गत अक्टोबर १३ मा नियुक्त भएका हुन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...