हेरिटेज प्याजेन्टमा नेपाललाई एवार्ड

श्रीलंका– अघिल्लो शुक्रवार श्रीलंकास्थित बेरुवाला समुद्री तट नजिकै सम्पन्न हेरिटेज प्योजन्टको तेस्रो संस्करणमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने आश्रा कुवरले मिस पिस एम्बेसडर तथा सृजना पुनले मिस टिन टुरिजम एम्बेसडरको एवार्ड जित्न सफल भएका छन् । प्रतिस्पर्धामा आश्राले इन्भारोमेन्टल एम्बेसडर एवार्डतर्फ सिल्भर मेडल पनि हात पारेकी छिन् भने सृजना पूनले आफ्नो उमेर समूह अन्तर्गत कल्चरल ड्रेस तथा इन्भाइरोमेन्टल ड्रेस तर्फ क्रमशः सिल्भर तथा ब्रोन्ज मेडल जितेकी छिन् ।
मिसेस समूहतर्फ सहभागिता जनाएकी मन्जु बन्जारा ढकालले भने आफ्नो उमेर समूह अन्तर्गतको इन्भारोमेन्ट र टुरिजम ड्रेस तर्फ गोल्ड मेडलमा सफलता हात पारेकी छिन् । मन्जुले इन्भाइरोमेन्टल एम्बेसडर तर्फ सिल्भर तथा वेष्ट टुरिजम भिडियो र कल्चुल एम्बेसडर तर्फ ब्रोन्ज मेडलमा आफ्नो नाम दर्ता गरिन् । ग्रिन आर्ट मिडियाकी अनिला श्रेष्ठको संयोजनमा नेपाली प्रतियोगीले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिता ईप्लानेट प्रा.लि.ले आयोजना गरेको हो । ग्राण्ड फिनालेमा ट्रिनिडाड एण्ड टोबागोका जेनिली थोङ मिस हेरिटेज, जिम्बेबावेकी हिलारी मकाया मिस टिन हेरिटेज तथा म्यानमारकी जेड पेडल मिसेस् हेरिटेज इन्टरनेसनल २०१६ का विजेताका रुपमा चयन भएका थिए । .
प्रतियोगितामा दक्षिण अफ्रिकाकी रेबेका र रसियाकी युलियाना पोपोभिच मिस समूहबाट क्रमशः फस्ट तथा सेकेन्ड रनर अप चयन भएका थिए भने तान्जानियाकी सेसेलेर गडफ्रि र म्यानमारकी एइ थिन्जार म्यो टिन समूहबाट क्रमशः फस्ट तथा सेकेन्ड रनर अप घोषित भएका थिए । यसैगरी ट्रिनिडाड एण्ड टोबागोकी क्यारी एन र भारतकी मृनाल गाइक्वाड मिसेस् समूहतर्फ क्रमशः फस्ट तथा सेकेन्ड रनर विजेता घोषित भएका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...