पदमको भिडियोमा कुसुम

-- / प्रकाशित मिति : बिहिबार, मंसिर ३०, २०७३

क्यानाडामा बसोबास गरिरहेका गायक पदम भट्टराईले आफ्नै स्वर तथा संगीतको ‘कोहि त होला….’ गीतको म्युजिक भिडियो प्रिमियर गरेका छन् । यो गीतमा गीतकार राजुबाबु श्रेष्ठका शब्दहरु सुन्न सकिन्छ । क्यानाडाकै आकर्षक लोकेशनमा छायांकन गरिएका गरिएको उक्त भिडियोमा गायक पदम आफैंले अभिनय गरेका छन् । उनलाई मोडल कुसुम बस्नेतले अभिनयमा साथ दिएकी छिन् ।

डिएण्डडी क्रिएसनको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा क्यानाडाका सुन्दर दृश्यहरुलाई छायांकार हरी सिवाकोटीले पर्दामा उतारेका छन् । टेकेन्द्र शाहले यो भिडियोको सम्पादन गरेका हुन् । गीतमा भने विक्रम कार्कीको संगीत संयोजन छ । देशभन्दा बाहिर रहे पनि लामो समयदेखि संगीत साधना गरिरहेका पदम भट्टराईले यसअघि पनि आफ्नो स्वर तथा संगीतका केही गीतहरु सार्वजनिक गरिसकेका छन् ।

यस्तो छ भिडियो :

https://youtu.be/CMzY7-ssMbk