प्रेममा भावना भन्दा वासना हावी हुन थालेको छ – मञ्जिता केसी, नायिका

करिव पाँच वर्षदेखि अभिनय क्षेत्रमा सक्रिय कलाकार हुन् मञ्जिता केसी । म्युजिक भिडियोमा अभिनय गर्दै अभिनय यात्रा प्रारम्भ गर्ने मञ्जिताले यो अवधिमा दर्जनौं म्युजिक भिडियो, थुप्रै टेलिश्रृंखला तथा केही फिल्ममा अभिनय गरिसकेकी छिन् । लालबन्दी, सर्लाहीमा जन्मिएकी मञ्जिता सानै उमेरदेखि नृत्यमा पारंगत थिइन् । अहिले पनि उनी नृत्यका कारण स्वदेशदेखि विदेशसम्मका सांस्कृतिक कार्यक्रममा सहभागिता जनाइरहेकी छिन् । नेपाली क्रिकेटको विषयमा आधारित फिल्म ‘च्याम्पियन’ मार्फत फिल्ममा डेब्यू गरेकी मञ्जिता अहिले फिल्मसहित म्युजिक भिडियोमा समेत सक्रिय छन् । हप्तामा कम्तिमा एउटा म्युजिक भिडियोमा अभिनय गरिरहेकी मञ्जिता पहिलो फिल्मको सफलतासंग नायिकाको रुपमा स्थापित हुन सफल भएकोमा खुशी छिन् । फिल्मको तुलनामा म्युजिक भिडियोको अभिनय आर्थिक रुपले पनि आकर्षक भएको धारणा व्यक्त गर्ने मञ्जिता यूट्युब तथा टेलिभिजनमार्फत सिधै दर्शकसम्म पुग्न पाइने भएकाले म्युजिक भिडियोमा बढि नै समय दिएको तर्क गर्छिन् । पछिल्लो समय एउटा नयाँ गीतको म्युजिक भिडियो छायांकनस्थलमा भेटिएकी मञ्जितासंग द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईको हट टक :
फिल्ममा भन्दा भिडियोमा बढि सक्रिय हुने कारण ?
फिल्ममा पनि सक्रिय नै छु । च्याम्यिपनपछि मैले थप दुई फिल्ममा काम गरिसकेकी छु । रिलिज डेट तय नभएकाले अहिले ती फिल्मको बारेमा बताउन मिल्दैन ।
हप्तामा दुई–तीन वटा भिडियो गरिरहनु भएको छ नि ?
म्युजिक भिडियो नै हामी कलाकारलाई व्यस्त बनाइरहने माध्यम भएको छ । एउटा भिडियोमा काम गर्नका लागि जम्मा एक दिन दिए पुग्छ । एक दिनको काम भए पनि पारिश्रमिक आकर्षक नै हुन्छ । त्यसैले हामीले भिडियोमा अभिनय नगरी सुखै छैन ।
भिडियोमा मात्र सक्रिय हुँदा फिल्म नपाउने सम्भावना हुँदैन ?
त्यस्तो हुँदैन । भिडियोमा सफल भएपछि राम्रा फिल्म पाउने सम्भावना अझ बढ्छ । यसबाहेक भिडियोको अभिनयले हामीलाई विदेशबाट सांस्कृतिक कार्यक्रमको प्रस्तावहरू आइरहन्छन् ।
नेपाली फिल्ममा कुन नायकसंग अनस्क्रिन रोमान्स गर्ने चाहाना छ ?
मलँई अभिनेता आर्यन सिग्देलको जोडिको रुपमा अभिनय गर्ने ठूलो चाहाना छ ।
मनपर्ने कलाकारहरू को को हुन् ?
मलाई राजेश हमाल तथा रेखा थापाको अभिनय मनपर्छ ।
जीवनमा सबैभन्दा खुशी भएको क्षण ?
एसएलसीमा प्रथम श्रेणीमा उत्तिर्ण भएको दिन ।
कुन कुराले दु:खी बनाउँछ ?
सोसल साइटमा फोटो अपलोड गरेपछि आउने नकारात्मक कमेन्टहरूले दु:खी बनाउँछ ।
सुन्दर हुनुहुन्छ, प्रेम प्रस्ताव त प्रसस्त आउलान् ?
म कक्षा ८ मा अध्ययनरत छँदै प्रेम प्रस्ताव आउन थालेका हुन् तर मैले आजसम्म कसैको प्रस्ताव पनि स्विकारेकी छैन् ।
प्रेम गर्ने बेला भएन र ?
अभिनयमा स्थापित भएपछि मात्रै प्रेमका बारेमा विचार गर्ने योजना छ । कम्तिमा दुई वर्ष म यो चक्करमा पर्दिन ।
तपाईंको विचारमा प्रेम सफल हुन के कुरा आवश्यक छ ?
प्रेममा इमान्दारिता सबैभन्दा महत्त्वपूर्ण कुरा हो । प्रेममा इमान्दार हुन सकिएन भने त्यो प्रेम क्षणिक हुन सक्छ ।
प्रेममा यौनको भूमिका कस्तो रहन्छ ?
प्रेममा यौनको भूमिका महत्वपूर्ण हुनु पर्छ तर अहिलको प्रेममा भावना कम वासना बढि देखिने गरेको छ । यही कुरा बुझेर नै म प्रेम सम्बन्धबाट पछि हटेकी हुँ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



