सभामुखले उभ्याइन् तीन दलका नेता

काठमाडौं–संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख ओनसरी घर्तीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक काठमाडौंमा प्रारम्भ भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा जारी बैठकमा बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष बामदेव गौतम र प्रमुख सचेतक भानुभक्त ढकाललगायतका नेता सहभागी छन् ।
सभामुख ओनसरी घर्तीले संसदको गतिरोध अन्त्य गर्ने विषयमा सोमबार विहान प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाइएकी थिइन् । बैठक अहिले सभामुखको कार्यकक्ष सिंहदरबारमा जारी छ । सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएपछि त्यसको विरोधमा प्रमुख प्रतिपक्ष दल एमालेसहित आठ विपक्षी दलले संसद अबरोध गर्दै आएका छन् । लगातार संसद बैठक अबरोध हुँदा संसदमा छलफलका क्रममा रहेको अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव अलपत्र परेको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...