फिर्ता भयो आम हडताल

बुटवल- सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा प्रमुख विपक्षी नेकपा एमालेसहितका दलको आन्दोलनका कार्यक्रमअन्तर्गत रुपन्देही क्षेत्रमा आह्वान गरिएको तीनदिने आम हडताल आज सोमबार बिहानदेखि अन्त्य भएको संयुक्त संघर्ष समितिले जनाएको छ ।
तीनदिने आमहडताल आज बिहानदेखि सकिएपछि आन्दोलनको स्वरुप फेरिएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ । सङ्घर्ष समितिले डिसेम्बर २५ (पुस १० गते) सम्मका लागि विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेको एमालेका रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले जानकारी दिएका छन् ।
रुपन्देही जिल्लामा आन्दोलनका कार्यक्रमअन्तर्गत तीनदिने आमहडतालले रुपन्देही जिल्ला ठप्प भयो । बन्दमा यातायात, उद्योग, व्यवसाय, शिक्षण संस्थालगायत तीन दिनसम्म ठप्प रहेका थिए । बन्दकर्ताले रातिको समयमा समेत सडकमै बसेर धर्ना दिएका थिए ।
सरकारले पाँच नम्बर क्षेत्रको पहाड र तराई अलग गर्ने गरी प्रदेशको सीमा विभाजनलगायतका विषयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा तीन हप्तादेखि रुपन्देहीलगायतका जिल्लामा आन्दोलन चर्किएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...