उम्मेदवारी दर्तापछि बन्द शत्र

-- / प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१, २०७२

काठमाडौं— नेपाली कांग्रेसको बिहिबारदेखि प्रारम्भ भएको १३ औं महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी दर्ताको समय अब केही बेरमै सकिने भएको छ । उम्मेदवारी दर्ताका लागि समय सकिन लागेकाले पार्टी मुख्यालय सानेपामा ठूलो भिँडभाँड छ । भरखरैमात्र महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यसअघि कार्यबाहक सभापति रामचन्द्र पौडेलले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । सिटौला र पौडेलले शुक्रवार बिहान आ–आफ्नो प्यानलको उम्मेदवारी दर्ता गराएका हुन् । वरिष्ठ नेता शेरबहादुर देउवाले हिजो बिहीवार नै वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन समितिले शुक्रवार १२ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकेको थियो । उम्मेदवारी दर्ताको समय सकिएपछि महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेका लागि तोकिएको छ ।