फ्यूजन टेक प्रा लि को छैठौं साधारणसभा सम्पन्न

-- The NTA ?>

अष्ट्रेलियाका बिभिन्न  राज्यहरुमा  बसोबास  गर्दै आएका नेपाली ईन्जिनियरहरु बाट सन्चालित फ्यूजन टेक प्रा लि को चौथो  साधारणसभा डिसेम्बर १७ का दिन  सिड्नीकोमा  सम्पन्न भएको छ । सन २०१० मा बिधिवत रुपमा दर्ता  भई अस्ट्रेलियामा बस्ने ईन्जिनियरहरु को साझा प्लेटफर्मको रुपमा कार्यगर्दै आएको यस कम्पनीले  रियल स्टेट लगायतका  क्षेत्रमा  लगानी गरी रहेको छ । भविस्यमा बिबिध  ईन्जिनियरिङ परियोजनाहरु सन्चालन गर्ने उद्देश्य  अनुरुप बिभिन्न क्षेत्रमा लगानीको  सम्भाब्यता अद्ध्यन  भइरहेको र संस्थाले सामुहिक लगानीमा सधै जोड दिने संस्थाका निबर्तमान अध्यक्ष अर्जुन पोख्रेलले बताउनु भयो ।

यस साधारण सभाले डा. भुषण प्रधानको अध्यक्षतामा सात सदस्यीय नयाँ “बोर्ड अफ डाइरेक्टर”  पनि चयन गरेको छ । समितिमा अर्जुन पोखरेल, अरुण श्रेष्ठ, अनिल श्रेष्ठ, चिज कुमार श्रेष्ठ, सानुकाजी महर्जन, सुवास सापकोटा हुनुहुन्छ । यसैगरी संस्थाले डा. किरण थापालाई सल्लाहकारमा मनोनयन गरेको छ ।

नवनियुक्त अध्यक्ष डा. भुषण प्रधानले संस्थाले सुरु गरेका कार्यहरुलाई निरन्तरता दिदै भविष्यमा  संस्थालाई थप उचाइमा पुराउन आफ्नो कार्यकाल मा आफु सक्रिय रहेने बताउदै,  उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो ।