हामी गरिब छैनौ – मन्त्री शाही | नेपाली समूदायप्रति मेरो गहिरो सम्मान छ – छायाँमन्त्री बर्क

एनआरएनए अस्ट्रेलिया द्वारा आयोजित नेपाल फेस्टिवल मेलबर्नमा प्रमूख अतिथि बनेर आएका नेपालका पर्यटन, संस्क्रिति तथा नागरिक उडयानमन्त्री जीवन बहादुर शाही अस्ट्रेलियाका केहि उच्चस्तरीय नेताहरु संग पनि भेटघाट गरि गत बुधबार बिहान नेपाल फर्केका छन् । भेटघाटको क्रममा नेपाल फर्किनु भन्दा अघिल्लो दिन डिसेम्बर २० मंगलबारका दिन मन्त्री शाही अस्ट्रेलियाका नागरिकता तथा बहुसंकृतिक मामिला सम्बन्धित छाँयामन्त्री टोनी बर्क सँग यहाँका केहि नेपाली समुदायका अगुवाहरु को साथ भेटबार्ता गरेका थिए । नेपाल बाहिरबाट हेर्दा अति गरिब मूलुकको रुपमा हेरिए पनि बस्ताबमा नेपाल धनि र बिबिध प्राकृतिक, संस्कृतिक रुपमा संसारका सम्पन्न देश भन्दा कम नभएको कुरा बताए । ‘हो हामी अझै पनि संक्रमण कालमा छौ तर उपलब्ध श्रोत र साधनलाई समुचित प्रयोग गर्न सकियो भने नेपालले पर्यटनबाट उल्लेख्य उपलब्धि हासिल गर्न सक्छ’ मन्त्री शाहीले आफ्नो दृढ बिश्वास व्यक्त गरे । छलफल कै क्रममा अस्ट्रेलियन लेबर पार्टीका नेता बर्कले भूकम्प पश्चातको पुननिर्माणको बारेमा आफ्नो जिज्ञासा राखे र आफु पनि निकट भबिष्यमा नेपाल घुम्न चाहना रहेको बताए । भेटघाट समुहमा सहभागी नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष्य नैन सिहं महरले अस्ट्रेलिया नेपाली विद्यार्थीको लागि एउटा आकर्षक गन्तब्य भएको र पुरा फी तिरी पढने विद्यार्थीहरु ले यहाँका बिद्यार्थी सरह सुबिधा तथा सहुलियत पाउन सके उनीहरुलाई केहि राहत हुने कुरा ब्यक्त गरे ।
करिब १ घण्टा लामो भेटबार्ताका क्रममा नेता बर्कले अस्ट्रेलियन बहुसांस्कृतिक समाजमा नेपाली समूदायको योगदानको प्रसंशा गर्दै नेपालीहरु प्रति आफ्नो गहिरो सम्मान रहेको बताए । भेटघाटका अन्य सहभागीहरु मा पर्यटन, संस्क्रिति तथा नागरिक उड्डयन मन्त्रलयका सहसचिव घनश्याम उपाध्याय, एनआरएनए ऑस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएनए आइसिसि संरक्षक इन्द्र बन, नेपाल ऑस्ट्रेलिया प्रजातान्त्रिक मंचका अध्यक्ष विवेक थापा तथा एनआरएनए ओसेनिया संयोजक महेन्द्र लम्साल थिए ।
यसै गरि एनआरएनए अस्ट्रेलियाले सोहि दिन साँझ पर्यटनमन्त्री शाही संग “नेपालमा पर्यटन बिकाशको अवसर र चुनौती” बिषयक अन्तरक्रिया कार्यक्रम संपन्न गरेको छ । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको सभापतित्वमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरु ले नेपालको पर्यटन बिकशका लागि थोरै गुनासो र थुप्रै रचनात्मक सुझाबहरु दिएका छन् । एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष दिनेश पोख्रेलले छोटो सूचना मै उपस्थित सबैलाई स्वागत गर्नु भएको उक्त कार्यक्रमको पहिलो चरण सहसचिब भिष्म भण्डारीले संचालन गरेका थिए भने अन्तरक्रियामा सहजकर्ताको भूमिका ट्राभल ब्यबसायी रोहित खड्काले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाहरु लाई मन्त्री शाहीले जबाफ दिएका थिए भने सुझाबहरु मन्त्रलयका सहसचिबले लिपिबद्द गरेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



