चन्दको बन्दको प्रभाव सामान्य


काठमाडौं— पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको उपत्यका बन्दको प्रभाव निकै कम देखिएको छ । राजधानीमा बन्दका कारण सार्वजनिक विद्यालय र क्याम्पस बन्द भए पनि सडकमा सवारीसाधनको आवतजावत सामान्य छ । भाडाका सवारी भने अरु दिनको तुलनामा कम मात्रामा चलेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख तथा प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार रत्नपार्क, सोह्रखुट्टे, बबरमहललगायत विभिन्न स्थानबाट बन्द गराउँदै हिँडेका नेकपा माओवादीका १२ कार्यकर्तालाई पक्राउ गरिएको छ ।
भक्तपुरमा बन्दकर्ता पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको उपत्यका बन्दका क्रममा बन्द गराउँदै हिँडेका चार जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।
सूर्यविनायकबाट माओवादी मजदुर सङ्गठनका केन्द्रीय सदस्य युवराज आचार्य, क्रान्तिकारी मजदुर सङ्गठनका जिल्ला अध्यक्ष विक्रम आचार्य, नेकपा माओवादी भक्तपुर जिल्ला अध्यक्ष कुशल बोगटी र अखिल क्रान्तिकारीको भक्तपुर जिल्ला सचिव चित्रकमल ओलीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए ।
त्यसैगरी मध्यपुर थिमि नगरपालिका १३ राधेराधेस्थित मध्य उपत्यकाको बा३ख २४६५ नंको मिनीबसमा बन्दकर्ताले ढुङ्गा हान्दा एकजना घाइते भएका छन् ।
चालीसजना सवार बसमा ढुङ्गा हान्दा मोरड कटारी घरभई हाल सल्लाघारी बस्ने वर्ष ३५ का राजेश माझीमा घाईते भइ स्थानीय नागरिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बन्दकर्ताले सोही स्थानमा बा ७ च २१५० नम्बरको कारमा आक्रमण गरी सिसा फोडेका थिए ।
प्रहरीले बन्दकर्तालाई पक्राउ गर्न थालेपछि बिहान ११ बजेदेखि भक्तपुरमा सार्वजनिक यातायातका साधन निर्वाध रुपमा चलेका छन् ।
भक्तपुरमा बन्दको प्रभाव परेको छैन । यहाँका बजार, यातायात र सरकारी एवं सामुदायिक विद्यालय संचालन भइरहेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



