गीतकार गुरुङको ‘भाव–सागर–२’ सार्वजनिक


काठमाडौं- गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रमा शुक्रवार बिहान आधुनिक गीतहरुको एल्बम ‘भाव–सागर भाग–२’ तथा कविता संग्रह ‘भाग–सागर भाग–२’ लोकार्पण गरिएको छ । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी गीतकार तथा कवियीत्री अम्बिका गुरुङले रचना गरेका गीतहरुको एल्बम तथा कविताहरुको संग्रह विमोचनको क्रममा उक्त केन्द्रमा आश्रय लिइरहेका ४१ जना अनाथ बालबालिकाहरुलाई सामुहिक भोजन गराइयो भने जाडोका न्याया पहिरनहरु समेत वितरण गरियो ।
विमोचित एल्बममा संगीतकार प्रकाश लेप्चाद्वारा संगीतबद्ध आधुनिक, लोक आधुनिक तथा पप शैलीका गीतहरु समावेश गरिएका छन् । एल्बमका गीतहरुमा राजेशपायल राई, दीपक लिम्बु, रिमा गुरुङ होडा, मिलन अमात्य तथा राज सिग्देलद्वारा स्वरवद्ध गरिएका गीतहरुहरु समावेश गरिएका छन् ।
समारोहमा सार्वजनिक गरिएको कविता संग्रह ‘भाव–सागर भाग–२’ मा जीवन भोगाइ, प्रेम, मिलन, विछोड, प्रकृतिसंग सम्बन्धित एक सय वटा कविताहरु समावेश छन् । यो कविता संग्रहलाई बुद्धिबहादुर गुरुङले प्रकाशन गरेका हुन् । समारोहमा आफ्नो लिखित सन्देश पठाउ“दै कवयित्री गुरुङले सबै प्रकृतिका कविताहरु समावेश गरिएकाले एल्बमको शीर्षक ‘भाव सागर’ राखिएको जानकारी गराइन् । ‘संग्रहका कविता तथा गीतहरु भित्र थुप्रै मनका भावहरु फक्रिएर रहेका छन्, गीतकार गुरुङको भनाइ छ—‘कविता भित्र कतै आफ्ना छोराछोरीहरुलाई अर्ती दिइरहेकी एउटी आमा भेटिन्छिन् भने कतै एउटा जवान त कतै अल्लारे केटाकेटीहरुमा भित्री मनमै बसिरहेको चेष्टा गरेकी छु ।’
समारोहलाई सम्बोधन गर्दै वीर अस्पतालका उपकुलपति डा.गणेश गुरुङले श्रष्टाको मन कमलो हुने भएकाले अनाथ बालबालिकाहरुलाई सहयोग गरिने परम्पराको स्वागत गरे ।
समारोहमा अतृप्त पाण्डेय तथा रीता गुरुङले विमोचित कविता संग्रहका ‘मेरो कथा’ तथा ‘अर्कै नया“ बाटोको खोजी’ शीर्षकका कविता वाचन गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै संयुक्त अपांग एकता आवाज केन्द्रमा अध्यक्ष तीलबहादुर कार्कीले गीति एल्बम तथा पुस्तक विमोचनका लागि आफ्नो अनाथ आश्रमलाई छनोट गरेकोमा आयोजकलाई धन्यवाद दिए । समारोहमा केन्द्रमा आश्रित बालबालिकाहरुले नृत्य प्रदर्शन गरेर समारोहलाई मनोरञ्जक बनाएका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



