ट्यालेन्ट शोमा सिन्ड्रेला नेपालका प्रतिस्पर्धी


काठमाडौं— ‘सिन्ड्रेला नेपाल–२०१६’ का अन्तिम प्रतिस्पर्धीहरुले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आ–आफ्नो प्रतिभा देखाएका छन् ।
प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टले स–साना बालिकाहरुलाई लक्षित गर्दै ‘सिन्ड्रेला नेपाल–२०१६’ शीर्षकको प्रतिस्पर्धा आयोजना गर्दैछ । प्रतियोगितामा ९ देखि १३ वर्ष उमेर समूहका ४५ जना बालबालिकाले अन्तिम प्रतिस्पर्धा गर्दैछन् ।
आइतबार ग्वार्कोस्थित १९९९ एडी ब्याङ्क्वेटमा आयोजित ‘ट्यालेन्ट शो’ मा प्रतिस्पर्धीैले नृत्य, गायन, अभिनय, वक्तृत्वकलालगायतका प्रतिभा देखाएका थिए । यही १६ पुसमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने अन्तिम स्पर्धा पूर्व आयोजना गरिएको ‘ट्यालेन्ट राउण्ड’ का लागि नेपाल बुटिक एशोसिएशनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, द सुपर मोडल नेपाल–२०१६ की विजेता इच्छा कार्की, कोरियोग्राफर तथा मोडल विपना थापा, द क्रियशन स्कुल अफ डिजाइनका अध्यक्ष रुविका खड्की, अधिवक्ता लक्ष्मण मर्हजन, आरएनआर ग्रुपका अध्यक्ष मञ्जु श्रेष्ठ र पत्रकार भुषणकुमार श्रेष्ठ निर्णायक रहेका थिए ।
यस्ता किसिमका प्रतियोगिताले बालबालिकाको प्रतिभा प्रस्फुटन तथा आत्मविकास र क्षमताबृद्धिमा सहयोग पुग्ने संस्थाका अध्यक्ष फुपु तेन्जिङ शेर्पाले बताए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



