नेपाली समुदायमा दुखद घटना – एक नेपाली युवाको डुबेर मृत्यु

-- The NTA / प्रकाशित मिति : सोमवार, पुस ११, २०७३

ठिक एक बर्ष आगाडीको घटना धेरैले नबिर्सदै फेरि क्रिसमसको लामो छुट्टी कै बेला बिदा मनाउने र साथी भाई सँग घुम्ने क्रममा सिड्नीको वाटोमोला बिचमा पौडी खेल्न पुगेका एक नेपाली युबाको दुखद निधन भएको छ । नेपालमा काठमांडौ किर्तिपुर स्थाइ घर भई सन २००९ देखि अष्ट्रेलियाको सिड्नि हर्सभिलमा रहंदै आएका २९ बर्षिय सुजन अधिकारीको आइतबार (२५ डिसेम्बर) साँझ पौडिने क्रममा दुखद घटना घट्न पुगेको उक्त बखत उनि संगै रहेका उनका साथीहरुले जानकारी दिएका छन् ।

पौडी खेल्न र डायिभ गर्ने रमाइलो ठाउँ उक्त वाटोमोला बिचमा अन्य साथीहरु संगै सुजन पनि ठुलो ढुंगाबाट डायिभ गरेका थिए । तर उनि धेरै बेर बाहिर ननिस्किए पछि त्यहाँ रहेकाले उनलाई बाहिर निकाले र उनको प्राथमिक उपचार, एबम एम्बुलेन्स बोलाउने कार्य भएको थियो । अचेत अवस्थामा रहेका सुजनलाई प्यारामेडिक्स टोलीले घटना स्थल मै मृत घोषित गरेको थियो ।

मिलनसार सुजन अधिकारीले केहि समय अघि मात्र भिक्टोरिया युनिभर्सिटिबाट एकाउण्टिङ विषयमा ब्याचलर सकेर प्रोफेसनल इयर गरिरहेका उनका निकट साथिहरुले बताएका छन । उनको शवलाई परिवारले अन्तिम पटक भए पनि मुख हेर्ने ईच्छा ब्यक्त गरेका कारण नेपाल पठाउने प्रकृयामा लागेको उनका नजिकका पारिबारिक सदस्य सन्तोष अधिकारीले द नेपाली टाईम्स अस्ट्रेलियालाई बताए । स्व. अधिकारीको शव परिक्षणको लागि हाल कोरनर्स कोर्ट न्यु साउथ वेल्स ग्लिवमा रहेको छ । शब नेपाल पठाउने प्रकृया आफैमा खर्चालु भएकोले नेपाली समुदायका सदस्यहरु हिजैबाट अर्थ संकलन ( सहयोग संकलन) अभियानमा लागेका छन् । दुखको यस घडीमा आफुले सकेको सहयोग गर्नको लागि यहाँ रहेका उनका मित्रहरु र समुदायका सदस्यहरुले अनुरोध गरेका छन् । सहयोग रकमको लागि निम्न अनुसार खाता प्रयोग गर्न अनुरोध गरिएको छ ।

Account holder name: Santosh Adhikari
BSB:062235
Acc no:10578257

थप जानकारीको लागि दिभाकर राउत : ०४११०६४९२७, सन्तोष अधिकारी: ०४२६ ५०६ ३२३, वा अनुप राज न्यौपाने: ०४३२ २८५ ११४ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
स्मरण रहोस गत साल मात्रै यसै समयमा हामीले नोरा बीचको दुखद घटनामा नेपाली युबा पूर्ण बोहोरालाई गुमाएका थियौ । यहाँको सामुद्रिक छाल, पानीको बहाव सँग अभ्यस्त नभएका हामि सबै नेपालीहरुले पौडी खेल्ने क्रममा यहाँका नदी र समुन्द्रमा सतर्क हुनु पर्ने कुरा समुदायमा सधै उठ्ने गर्दछ । तै पनि बर्षेनि नेपाली समुदायमा यस्ता दुखद घटनाहरु घट्ने क्रम बढेकोले हामि सबै झन् साबाधानी आपनाउनु पर्ने र पानी सुरक्षा (Water Safety ) सम्बन्धि जनाकारीमुलक अभियान र कार्यक्रमहरु नेपाली समुदायलाई लक्षित गरि संचालन गर्नु पर्ने देखिन्छ ।