चौबिस घण्टा कै अन्तरमा नेपाली समुदायमा फेरी अर्को दुखद घटना – परिवारजनबाट सहयोगको अपिल

-- The NTA / प्रकाशित मिति : मङ्लबार, पुस १२, २०७३

२५ डिसेम्बरको साँझ सिड्नीको वाटोमोला बिचमा पौडने क्रममा मृत्यु भएका सुजन अधिकारि को दुखद खबरले अस्ट्रेलियाको नेपाली समुदाय स्तब्ध बनेको २४ घण्टा नबित्दै अर्को दुखद घटना घटेको छ । झट्ट सुन्दा एकै घटना हो कि जस्तो लाग्ने दोश्रो दुखद घटनामा २४ बर्षिय सुजन शर्माको अकल्पनीय र दुखद मृत्यु हुन पुगेको छ । पौडी खेल्ने क्रम मै भएको उक्त घटना २६ डिसेम्बरका दिन कंगारु भ्यालीमा घटेको थियो ।

साथीहरू मिली कंगारु भ्याली बिदा मनाउन गएका सुजन शर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । मृतक शर्माको भिनाजु रबिन सुबेदीका अनुसार कायकिङ् सकि पार्क गरेर पौडी खेल्न गएका शर्मा असजिलो महशुस भएकोले लाईफ ज्याकेट खोलि पौडी खेल्न पसेका थिए नजिकै भुमरी थियो र केहि बेरमै भुमरीमा बेपत्ता भए । प्रत्यक्षदर्शीले तुरून्त ईमरजेन्सी नम्बरमा फोन गरेका र तुरुन्तै एम्बुलेन्स र प्रहरी टोली आइ उद्धार प्रयास गरे पनि सफल हुन सकेन र सिड्नीबाट स्कुबा डाइभिङको बिशेष टोलि द्धारा ४ घण्टा पछि मात्र मृत शरिर पानीबाट निकालिएको थियो । हाल मृतकको लासलाई सोलहेभन हस्पिटल कंगारु भ्यालीमा राखिएको छ।
नेपालमा काठमाण्डौ,बौद्ध घर भई सन २०१३ अगस्टमा बिध्धार्थी भिजामा अष्ट्रेलिया आएका शर्मा हालै अध्ययन सकि पि आर को लागि निबेदन हाल्ने प्रकृयामा रहेका र आफ्नो श्रीमती सँगै सिड्नीको बेलमोरमा बस्दै आएका थिए । अहिले श्रीमती सुस्मा मगर शर्मा अचेत अबस्थामा रहेको मृतकका भिनाजु रबिन सुबेदीले द नेपाली टाईम्स अस्ट्रेलियालाई बताए । परिबारमा २ छोरी र उनी १ छोरा गरि ३ जना रहेको र बुबा आमा हाल काठमाण्डौमा भएकोले भाबविह्वल हुदै छोराको मृत शरिर दहा संस्कारका लागि नेपाल पठाई दिन अनुरोध गरेको समेत सुबेदीले बताए ।
लगातार नेपली समुदायमा परेको यो दोश्रो दुःखद घडीमा सक्दो सहयोग गरि मृत शरिरलाई नेपाल पठाउने बातबरण मिलाउन मृतकका भिनाजु रबिन सुबेदीले सम्पूर्ण अष्ट्रेलियाबासी समुदाय तथा नेपालीहरुमा अनुरोध गरेका छन ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले पनि लगातार र एकै चोटी परेको यो दोश्रो दुखद घटनामा एनआरएनए अस्ट्रेलियाले आफ्नो तर्फबाट गर्ने सहयोग तुरन्तै गर्ने प्रतिबद्दता व्यक्त गर्दै नेपाली समुदायका सबै मनोकारी र परोपकारी दाजु-भाई दिदि-बैनीहरु लाई दुवै घटनामा हामी सबैको सहयोगको खाँचो भएकाले आफुले सक्ने सहयोग गर्न अनुरोध गरेका छन् ।

सहयोग स्व सुजन शर्माकी धर्म पत्नीको बैंक खातामा सिधै सहयोग गर्न अनुरोध गरिएको छ ।
Bank Details-
A/C Name: Sushma Magar
BSB No : 062133
A/c No: 11224342