७ जनवरीमा सिड्नीमा तमु ल्होछार मनाइदै

सधैका बर्षहरुमा जस्तै यस बर्ष पनि गुरुङ जातिहरुको महान् चाड तमु ल्होछार तमु समाज सिड्नीले बिबिध कार्यक्रमको आयोजना गरि मनाउदै छ । तमु पात्रो अनुसार १२ भिन्न बर्गहरुमा मनाइने तमु ल्होछार यस पटक चरा बर्गमा परेको छ । तमु समाजका अध्यक्ष ज्ञान गुरुङका अनुसार यस पटकको तमु ल्होछारलाई अझ व्यापक र नेपाली समुदायका सबै सदस्यहरु बीच आपसी एकता र भाइचाराको रुपमा मनाउन बिभिन्न तयारीहरु अन्तिम चरणमा पुगेको छ । यस पटकको ल्होछार कार्यक्रममा भाग लिन गयिका एबं कलाकार माया गुरुङ अथितिको रुपमा नेपालबाट अस्ट्रेलिया आउदैछिन् । त्यसको अलाबा सिड्नीका स्थानीय कलाकारहरु सहितको समुहले कार्यक्रममा थप मनोरन्जन प्रदान गर्नेछ ।
परम्परागत बुद्द पुजा, बुद्द गुरु र लामाहरु बाट मन्त्रोच्चारण सहित सुरु हुने कार्यक्रममा सहभागी भइ हामी बीचको बिबिध रिति रिवाजको प्रत्यक्षदर्शी बन्न तमु समाज सिड्नीको तर्फबाट ज्ञान गुरुङले सबै नेपाली दाजु भाई दिदीबैनी हरुलाई हार्दिक अनुरोध गर्नु भएको छ । कार्यक्रमको प्रवेश शुल्क ३५ डलर तोकिएको छ भने सोहि दिन कार्यक्रम स्थलमा टिकट खरिद गर्दा ४० डलर पर्ने छ । त्यसैले समयमा टिकट खरिद गरि दिन पनि आयोजकले सबैलाई अनुरोध गरेको छ । थप जानकारीका लागि ज्ञान गुरुङ ०४१० १५८ ००१ वा तमु समाजका कुनै पनि पदाधिकारी हरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...