झापाली समाज अष्ट्रेलियाद्वारा साढे तीन लाख रुपैयाँ सहयोग हस्तान्तरण

झापाली समाज अष्ट्रेलियाले गत बर्षातमा झापा जिल्लामा आएको बाढीमा ज्यान गुमाउन पुगेका मृतकका परिवारलाइ साढे तीन लाख रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ । झापाली समाजका अध्यक्ष दिपक खनाल र सचिब रुप राज मैनालीले एक प्रेस बिज्ञप्ति जारि गरि उक्त कुराको जानकारी दिएका छन् । बिज्ञप्तिका अनुसार झापाली समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक दिनेश पोख्रेलले हालै नेपाल भ्रमणका क्रममा उक्त रकमको चेक नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीलाई हस्तान्तरण गरेका छन् । उक्त रकम मृतकका परिवारलाई दामासाहीले वितरणका लागि रेडक्रसलाई हस्तान्तरण गरिएको हो ।
झापाली समाज अष्ट्रेलियाको अगुवाईमा संकलित उक्त राहत रकमका लागि अष्ट्रेलियामा बस्ने ४२ जनाले सहयोग प्रदान गरेका थिए । यसरी सहयोग गर्नेहरुमा अशोक उप्रेती, दीपेन्द्र ओडारी, जबिन श्रेष्ठ, रूपक चुडाल, मदन धौराली, अरुण ढकाल, अजय राजबंशी, राजकुमार गोश्वामी, तेज उप्रेती, नेत्र पौड्याल, कर्ण राजबंशी, मीना अधिकारी, रूपराज मैनाली, दीपक चुडाल, युवराज उप्रेती, सुरज खनाल, प्रबिन चौहान, दिनेश पोख्रेल, राजन सिटौला, अरुण बिमली, रोशन ओली, अशोक ओली, पुण्य सुबेदी, दीपक खनाल, नीरज बास्तोला, उमेश पोखरेल, मुकेश रेग्मी, इन्द्र न्यौपाने, भबानी ओली, भुपाल सिटौला, निजन चौलागाईँ, पारस सिटौला, धर्मेश राजबंशी, नबीन खनाल, खिलेन्द्र तिम्सिना, समीर प्रसाईं, मञ्जला सिटौला, डा. जगदीश तिम्सिना, अभय प्रसाई, टोम उप्रेती, दीपेश पोखरेल र भुमा लिम्बू रहेको जनाइएको छ ।
अध्यान, ब्यबसाय तथा रोजगारको शिलशिलामा नेपालको झापा जिल्लाबाट अष्ट्रेलिया आउनुभएका नेपालिहरु मिलेर गठन गरिएको झापाली समाज अष्ट्रेलियाले यस अगाडी पनि बिभिन्न परोपकारी एबं सामाजिक कार्यमा उदाहरणिय कार्य गर्दै आइरहेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...