२८ जनवरीमा सिड्नीमा सोनाम ल्होछार मनाइदै

सिड्नीमा तामाङहरुको सास्कृतिक एबम मौलिक पर्ब नयाँ बर्ष अर्थात सोनाम ल्होछार धुमधामका साथ मनाउने तयारी हुँदै छ । तामाङ सोसाइटी अफ एनएसडब्लु – सिड्नी परिवारले सदा झै यो बर्ष पनि तामाङहरु को मौलिक पर्व सोनाम ल्होछार २८५३ ज्या ल्होछार ( चरा बर्ष) मनोरन्जनात्मक कार्यक्रम सहित मनाउन लागेको तामाङ सोसाइटीको तर्फ बाट दिल तामांगले जनाएका छन् ।
एस स्टडी अष्ट्रेलिया ( YES STUDY AUSTRALIA ) को मुख्य प्रायोजनमा आगामी २८ जनवरीमा पिटरशाम टाउन हलमा हुने उक्त कार्यक्रममा नेपालबाट चर्चित गायक रोज मोक्तान अनी हाँस्य तथा रंगमंच कलाकार बुद्धी तामाङ उर्फ हैट आउने भएका छन । तामाङहरु को परम्परागत कला , संस्कृती झल्कने झाँकी लगायत तामाङ सेलोहरु का साथै बिशेष डम्फु नाच समेत यो कार्यक्रम को मुख्य प्रस्तुती रहने छन् । त्यसको अलवा युवाहरु को ढुक्ढुकी हिप होप गायक तथा स्टाइलिश दामी बोइ फुबा तामाङ र सिड्नीका प्रिय गायक दिल तामाङको समेत प्रतुती रहने यो कार्यक्रममा सिड्नीका अन्य स्थानिय कलाकार हरुको पनि सहभागीता रहने छ ।
स्वादिष्ट नेपाली खाना सहित तामाङहरु को संस्कृती झल्कने गीत संगीत र पेट मिची मिची हाँस्ने यस कार्यक्रमको टिकट दर बिशिस्ठको $५० र साधारण $३५ गरी दुई प्रकारको रहेको आयोजकले जानेको छ ।
सन २००९ देखी औपचारिक रुपमा सिड्नीमा मनाउदै आइरहेको सोनाम ल्होछारले तामाङहरु को कला संस्कृती बचाउन महत्पूर्ण भुमिका खेल्नुका साथै बहुसंस्कृतिक अष्ट्रेलियाली परिबेशमा समेत छुटटै टेवा पुराउदै आएको संस्थाले जनाएको छ । बुद्ध पूजा र लामा प्रवचनबाट सुरु हुने यस् कार्यक्रममा सम्पूर्ण सिड्नी बासी नेपाली समुदायलाई उपस्थितीको लागि कार्यबाहक अध्यक्ष दिल तामाङले निमन्त्रणा दिएका छन ।
थप जानकारीको लागि दिल तामाङ ०४०१ ५६४ ५६२ र किशोर लामा ०४०६ ६७५ ८९९ मा सम्पर्क गर्नु सकिनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...