एनआरएनए अस्ट्रेलिया तथा अन्तराष्ट्रिय सम्बन्ध संसदीय समितिका अध्यक्ष बीच अन्तरक्रिया सपन्न
-- The NTA ?>
श्रम तथा अन्तराष्ट्रिय सम्बन्ध संसदीय समितिका अध्यक्ष एबं संसद प्रभु शाहको उपस्थितिमा एनआरएनए अस्ट्रेलियाले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संसद शाह नेपाल सरकारका तर्फबाट नेपाली दूताबास तथा बाणिज्यदुतको कार्यलयहरु को अनुगमनका क्रममा सिड्नी आइपुगेका थिए, भ्रमण टोलिमा अर्का संसाद नरेन्द्र शाह पनि उपस्थित थिए।
नयाँ वर्ष जनवरि १ का दिन सिड्नी स्थित स्थानीय बार्दली रेस्टुरेन्टमा आयोजित उक्त आन्तार्क्रिया कार्यक्रममा सहभागीहरुले अस्ट्रेलियामा नेपालीहरुको संख्या दिनानु दिन बढ्दै गएकोमा दूताबासको पूर्वाधारलाई मजबूत गर्नु पर्ने कुरामा जोड दिए। बिगत केहि समय देखि अस्ट्रेलियामा नेपाली दूताबासले आफ्नै भबनका लागि जगा खरिद तथा भबन निर्माण गर्ने प्रक्रिया अगाडी बढ्दै गरेको कुरा कार्यबाहक राजदूत राजेन्द्र पाण्डेले एक प्रश्नोत्तर कार्यक्रममा जानकारी दिए । उक्त प्रस्तावित नेपाली दूताबास भवनका लागि आबस्यक आर्थिक तथा प्रशासनिक झमेला रहेको त्यसलाई सहज गराई तदारुकताका साथ अगाडी बढाउनका लागि नेपाल स्थित सम्बंधित निकाएहरु संग आबश्यक सहकार्य तथा सहयोग गरिदिनका लागि संसद प्रभु शाहलाई उपस्थित सहभागीले अनुरोध गरे।
त्यसै गरि नेपालबाट नेताहरु आउदा यहाँ स्थित सम्बन्धित बिज्ञ हरुसंग आबस्यक छलफल गर्ने, दूताबास तथा बाणिज्यदुतका कार्यालयहरु लाई अरु सशक्त बनाउनु पर्ने, पर्यटन पूर्वाधार बिकासमा जोड दिनु पर्ने, बैदेशिक लगानीका लागि लगानीकर्तालाई आबस्यक आकर्षक गन्तब्यको बिकाश गर्नु पर्ने जस्ता कुरामा उपस्थित सहभागीहरुले संसदहरुलाई सुझाबहरु दिएका थिए ।
सहभागीहरुको प्रश्नको उत्तर दिदै संसद प्रभु शाहले हामि लामो समय संबिधान निर्माण बनाउन खर्च गर्यौ र हाल केहि समयदेखि यस्लाई एउटा सर्बमान्य संबिधान बनाउनेको लागि सबै न्युनतम सहमतिको खोजिमा लागि रहेको बताए । उनले अगाडी भने यो अब करिब करिब अन्तिम अवस्थामा पुगेको छ, निराशा मान्नु पर्ने केहि छैन । हामीले मिलेरै र सहमतिमा संबिधानमा संसोधन गर्नेछौ र लागु पनि गर्नेछौ । संबिधान यौटा सहमतिको दस्ताबेज हो र यस्मा सबैको अपनत्व हुन सकेन भने त्यो धेरै लामो समय टिकाउ हुदैन। त्यसलाई हामी सके सम्म सर्बमान्य संबिधान निर्माण गर्ने र लागु गर्ने अभियानमा करीब करिब सहमितिमा पुगी सकेका छौ । जब संबिधान कार्यन्वयनमा अगाडी बढ्छ, तब समग्र राष्ट्रले नै बिकाश तथा सम्बृदी तर्फ काम गर्ने समय पाउछ, त्यसको लागि अब धेरै प्रतीक्षा गर्न नपरोस भन्ने हामी सबैले कामना गरौ ।
अन्तरक्रिया कार्यक्रममा कार्यबाहक राजदूत राजेन्द्र पाण्डे, एनआरएनए आइसीसी संरक्षक इन्द्र बन, ओसेनिया संयोजक महेन्द्र कुमार लम्साल, एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष ध्रुब सुबेदी, एनसीसी प्रबक्ता ज्ञानेन्द्र रेग्मी, कोषाध्यक्ष डिलाराम खरेल लगाएत पत्रकारहरु तथा अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष्य सुरेन्द्र सिग्देलको अध्यक्षतामा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष्य दिनेश पोखरेलले स्वागत मन्तब्य दिएका थिए भने जनसम्पर्क अधिकृत शमिम अनवरले यो कार्यक्रमको संयोजन तथा संचालन गरेका थिए।