विधान संशोधन गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग
२०७२- नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले १३ औँ महाधिवेशन सम्पन्न भएको तीन महिनाभित्र पार्टीको विधान संशोधन गर्न माग गरेका छन् ।
महाधिवेशन बन्दसत्रको दोस्रो दिन आज छलफलमा सहभागी जिल्ला सभापतिले पार्टीको सुदृढीकरण र नयाँ संविधानअनुसार विधान संशोधनको माग गरेका हुन् ।
तेह्थुम कांग्रेस सभापति गोविन्द ढुङ्गानाले केन्द्रले आफू अनुकूल नभइ सम्पूर्ण पार्टीको हितलाई ध्यानमा राखेर महाधिवेशन सम्पन्न भएको तीन महिनाभित्र विधान संशोधन गर्न माग गरे ।
सुनसरी कांग्रेस सभापति राजिव कोइरालाले पार्टीको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र भएको गुनासो गर्दै सङ्घीयतामा जाने तर प्रदेश निर्माणमा अखण्डताको शैली अपनाउने पार्टीको विरोधाभाषपुर्ण नीति किन भनी नेतृत्वसँग प्रश्न गरे ।
धादिङ कांग्रेस सभापति रमेश धमलाले मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताए ।
सबैभन्दा कान्छा सभापतिका रुपमा रहेका चितवन कांग्रेस सभापति जितनारायण श्रेष्ठले १२ औँ महाधिवेशनलाई एकताको महाधिवेशन भनेपनि त्यसको भोलिपल्टदेखि नै ६०/४० को भागबण्डा सुरु भएकोले त्यसलाई यस महाधिवेशनले अन्त्य गर्नुपर्ने बताए ।
कास्की कांग्रेस सभापति कृष्ण केसीले पार्टीको नीति तथा कार्यक्रममा माओवादीको शसस्त्र द्वन्द्वमा मारिएका तथा पीडित कांगे्रस नेता कार्यकर्तालाई उचित सम्बोधन गर्नुपर्ने धारणा राखे ।
तनहुँ कांग्रेस सभापति वैकुण्ठ न्यौपानेले पार्टीको सुदृढीकरणका लागि विधान संशोधन आवश्यक गरेको उल्लेख गर्दै उच्च शिक्षासम्बन्धी पार्टीको स्पष्ट नीति आउनुपर्ने विचार व्यक्त गरे ।
स्याङ्जा सभापति कमल पङ्गेनीले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न जल, जङ्गल, जमिन र जवानी (युवा) को उचित परिचालनमा पार्टीले आवश्यक पहल गर्नुपर्ने बताए ।
गुल्मी सभापति भुवन श्रेष्ठ र मोरङ सभापति डिकबहादुर लिम्बूले क्रियाशील सदस्यता वितरणमा केन्द्रको हस्तक्षेप अन्त्य गर्नुपर्ने माग गरे ।
बन्दसत्रमा आज भाग लिएका जिल्ला सभापतिहरुले मञ्चमा न्यून सङ्ख्यामा केन्द्रीय पदाधिकारी तथा सदस्य उपस्थिति रहेकोमा आक्रोश पोखेका थिए । आज बन्दसत्रको पहिलोसत्र सम्पन्न भएको छ भने महाधिवशेनका सहभागीले खाना खाएपछि दोस्रो सत्र सुरु हुने र शुक्रबार पेस भएका तीनवटै प्रतिवेदन पारित हुने बताइएको छ ।
भोलि फागुन २३ गते बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान हुने तालिका छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...