डार्विनमा तमु ल्होसार २०१७ धुमधामका साथ सम्पन्न

नेप्लिज एसोसियसन अफ नर्दन टेरिटोरी (एनएएनटी) र तमु समाज डर्विन अस्ट्रेलियाको संयुक्त आयोजनामा डिसेम्बर ३० का दिन डार्विनकको डार्बिन कम्यूनिटी आर्ट थिएटरमा तमु ल्होसार २०१७ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । तमु समुदायका अग्रज चार जना आमाहरुबाट दीप प्रज्वलन गरि उद्घाटन गरिएको सो कार्यक्रममा गुरुङ्ग समदायका साथै अन्य नेपाली समुदायका व्यक्तिहरु को समेत उपस्थिति रहेको थियो । एनआरएनए –एनटीका को-अर्डिनेटर तथा तमु समाज डार्विनका अग्रज निरज गुरुङ्गले ल्होसारको महत्वमाथि प्रकाश पार्दै तमु ल्होसार गुरुङ्ग समुदायको मात्र नभई सम्पूर्ण नेपालीहरु को साझा चाडको रुपमा बिकशित हुदै गएकोमा खुशी व्यक्त गर्दै यस्ता किसिमका चाड पर्ब हरुले हामी बीचको एकता र भाइचारा अझ मजबुत हुदै जाने बताउनु भयो।
सबै समुदायका व्यक्तिहरुको उत्साहजनक उपस्थिति रहको सो कार्यक्रममा आफ्नो संस्कृति झल्कने पहिरनमा गुरुङ्ग समुदाय लगायत डार्विनबासी नेपालीहरुको उपस्थिति थियो । एनएएनटीका अध्यक्ष सुदिप श्रेष्ठले एनएएनटीले सबै समुदायहरुको संस्कृति र कलाको जगेर्ना गर्दै आएको र यस्ता प्रकारका सांस्कृतिक चाडपर्वले भावि पुस्ताहरुलाई समेत हाम्रो संस्कृतिका बारेमा जानकारी हुने बताउदै ल्होसारको शुभकामान ब्यक्त गर्नु भएको थियो ।
मनिषा गुरुङ्गले संचालन गरेका सो कार्यक्रममा विभिन्न आकर्षक नृत्यहरुका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरु पनि (डोरी तान्ने, घैंटो फुटाउने जस्ता) समाबेस गरिएको थियो । जसमा डोरी तान्ने खेलमा पुरुष तर्फ बिबाहित (बच्चा सहित) को टोलिले बाजी मरेको थियो भने घैटो फुटाउने कार्यक्रममा पुरुष तर्फ अशोक गुरुङ्ग तथा महिला तर्फ दिपिका शर्मा बिजयी हुनु भएको थियो।
नर्दन टेरिटोरी सरकारको स्पोन्सर, Supreme Homes को इभेन्ट स्पोन्सरमा सम्पन्न उक्त कार्यक्रममा डार्विनको स्थानीय व्याण्ड Yak @ Tanami ले विभिन्न सांगितिक प्रस्तुतिहरु मार्फत मनोरञ्जन प्रदान गरेको थियो ।

सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...