नेपाली चलचित्र “शब्द” को  रेड कार्पेट शो हुदै 

-- The NTA / प्रकाशित मिति : सोमवार, पुस १८, २०७३
नेपाली चलचित्र “शब्द” को रेड कार्पेट शो सिड्नीमा हुदैछ । यसका लागि नयक सौगात मल्ल आफै अस्ट्रेलिया आउदैछन् ।अस्ट्रेलियाको सिड्नीमा आयोजना गरिने रेड कार्पेट शोमा उनी हर्स्ट्भिल र बरउडका इभेन्ट्स चलचित्रघरमा उपस्थित हुनेछन् ।
यहि जनवरी १३ का दिन इभेन्ट सिनेमा हर्स्टभिलमा साँझ ६ बजेको शो र १४ तारिखमा बरउडमा साँझ ६ बजे पर्दर्शन हुदै गरेको दुवै शोमा सौगात सिड्नीका नेपाली फ्यानहरुसँग हुनेछन् ।
पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘शब्द’ नेपाल र अष्ट्रेलियामा एक साथ रिलिज हुँदैछ । चलचित्र ‘शब्द’ को बिषयवस्तु सिक्लेसबाट सुरु हुने प्रेम, मिलन र बिछोडमा आधारित रहेको ‘शब्द’ चलचित्र प्रर्दशनको ब्यबस्थापन गरिरहेका आयोजक मध्ये एक खगेन्द्र सत्यालले नेपाली टाइम्सलाई  बताए । दर्शकहरु लाई यस चलचित्रको कथा वस्तु आफ्नै जीवनको कथा जस्तै लाग्ने हुनाले दर्शकहरु ले यो चलचित्र मन पराउने कुरा आयोजकहरु ले दाबि गरे । सिनेमामा सौगात सँगै कमली वाइवा र अनुभव रेग्मीको अभिनय छ । सिनेमा अस्ट्रेलियाका प्राय शहरहरु मा पर्दर्शन गरिनेछ भने यसको डिस्ट्रिबियुसन लगाएत सम्पूर्ण ब्यबस्थापन एबिसी कन्सल्टेण्ट ग्रुप, असनेप इभेन्ट्स र स्मार्ट एक्सेसले गरेको छ भने एस स्टडिज प्रमुख प्रायोजक रहेको छ ।