तिम्रो वदनको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं- गायक लक्षु निरौलाको पछिल्लो गीत ‘तिम्रो वदन…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विभिन्न चार राष्ट्रिय टेलिभिजनका सांगीतिक कार्यक्रममार्फत सोमबार उक्त भिडियो प्रिमियर गरिएको हो । विगत एक दशकदेखि भिजुअल एडिटरको रुपमा कार्यरत सुशिल न्यौपानेले यो भिडियोको निर्देशन गरेका हुन् । काठमाडौं तथा नारायणघाटको नारायणी किनारमा छायांकन गरिएको यो भिडियोमा सञ्जना तिमिल्सिना तथा रोशन सिंहले अभिनय गरेका छन् ।
एशियन म्युजिकले यूट्युवमार्फत सार्वजनिक गरेको यो गीतमा विक्रम थापाको संगीत निर्देशन छ भने सन्तोष मादेन लिम्बुले गीतका शब्दहरु रचना गरेका हुन् । दिवंगत संगीतकर्मी स्व.सुनिल वर्देवाद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोलाई वर्देवाप्रति नै समर्पित गरिएको गायक निरौलाले स्पष्ट पारेका छन् । मानससिंह सुवालद्वारा छायांकन गरिएको भिडियोको सम्पादन निर्देशक न्यौपानेले नै गरेका हुन् ।
कञ्चनबारी, विराटनगरका गायक लक्षु निरौला डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । यसअघि गायिका ईन्दिरा जोशीसंग ‘रक्सी गिलेनमा…’ शीर्षकको यूगल गीत गाएर चर्चामा आएका गायक निरौलाले दुई वर्षअघि गाएको तिहार विशेष गीत पनि लोकप्रिय भएको थियो ।
तिम्रो वदनको भिडियो यस्तो छ :
https://youtu.be/m12v4v00wiQ
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...