स्वामी आनन्द अरुण र प्रदिप गिरिका साथ प्रबचन र अन्तरक्रिया हुदै

-- The NTA / प्रकाशित मिति : बुधबार, पुस २०, २०७३

तनाबमुक्त जीवनका सूत्रहरुका बारेमा संसारभर प्रबचन दिने तथा ध्यान शिबिरहरु संचालन गर्दै आउनु भएका ओशो तपोबन नेपालका संस्थापक स्वामी आनन्द अरुणकासाथ आज सिड्नीमा एक अन्तरक्रिया तथा प्रवचन कार्यक्रम हुने जानकारी ओशो आस्था ध्यान केन्द्र सिड्नीले दिएको छ ।

स्थानीय मेरिल्याण्ड स्थित बार्दली नेपाली रेस्टुरेन्टमा आयोजना गरिएको उक्त प्रबचन कार्यक्रमा स्वामीका साथ नेपाली कांग्रेसका नेता तथा विश्लेषक प्रदिप गिरिको पनि सहभागिता रहने कुरा जनाएको छ। स्वर्गीय सन्त नेता कृष्ण प्रसाद भट्टराईको जीवन तथा राजनीति र अध्यात्म बीचको अंतर्सम्बन्धका बारेमा प्रदिप गिरिले आफ्नो प्रबचन दिनुहुने छ ।

विश्वका करिब ८० देशहरुमा १ लाख भन्दा बढी मानिसहरुलाई ओशो दीक्षा प्रदान गर्दै आउनुभएका स्वामी आनन्द अरुण बिगत ६ वर्षदेखि अस्ट्रेलियामा यस्ता प्रवचन तथा ध्यान शिबिर  संचालन गर्दै आउनु भएको छ ।

राजनीतिक बिश्लेष र योगीको कसरि सहकार्य हुन पुग्यो त ? भन्ने प्रश्नको उत्तरमा प्रदिप गिरि र स्वामी आनन्द धेरै वर्षदेखि आध्यात्मिक यात्राका सहयात्री रहेको जानकारी ओशो आस्था ध्यान केन्द्र सिड्नीका सदस्य  सानु घिमिरे दिईन ।

सबैकोलागि खुल्ला गरिएको यस कार्यक्रममा सहभागी भइ व्यस्त जीबनशैलीका माझ पनि प्रवचन बाट लाभान्वित हुन आयोजकहरुले अनुरोध गरेका छन् । कार्यक्रम हल ब्यबस्थापन र शाकाहारी भोजन ब्यबस्थापनका लागि सहभागीहरुबाट २० डलर सहयोग शुल्क तोकिएको छ । कार्यक्रम Bardali Function center | Level 1, 10 McFarlane Street Merrylands  मा साँझ ६ बजे बाट १० बजेसम्म हुनेछ । थप जानकारीका लागि सानु:  0424 981 983 सपना: 0421 575 877   वा सिमा 0431 116 732 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।