मोहनको भिडियोमा वर्षा र रोशन

गायक मोहन के. राईले ‘तिमीसंग…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । विभोर पोखरेलद्वारा निर्देशित यो भिडियोमा नायिका वर्षा शिवाकोटी तथा भिडियो जक्की रोशन लामाले अनस्क्रिन रोमान्स गरेका छन् । शैलेन्द्र एम प्रधानद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत सुन्न सकिन्छ ।
आधुनिक पप शैलीको यो गीतको भिडियोका छायांकार अनिल मानन्धर हुन् । ललितपुरको छम्पि गाविसको आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोलाई सुशिल न्यौपानेले सम्पादन गरेका छन् ।
आमा कन्चन राई र बुवा भैरव बहादुर राईका जेठो सन्तानको रूपमा ईटहरीमा जन्मिएका गायक राई मेचीनगर,काकडभिट्टाका स्थायी बासिन्दा हुन् । हाल काठमाडौंमा रहेर आफ्नै व्यवसायमा समेत आवद्ध भई सांगीतिक क्षेत्रमा समेत सक्रिय भईरहेका छन् । विगत एक वर्षदेखि संगीतको प्रशिक्षण लिइरहेका गायक राईले सांगीतिक कार्यक्रमहरुमा समेत सहभागिता जनाइसकेका छन् ।
यस्तो छ भिडियो :
https://youtu.be/7CKN3IEzY7E
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...