पुनःनिर्माण प्राधिकरणका सिईओ पदमुक्त

-- ?>

काठमाडौं- सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई पदमुक्त गरेको छ ।

बिहिबार विहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पदमुक्त गरेको हो ।

ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले उनीसँग स्पस्टिकरण सोधेको थियो ।

केपी ओली नेतृत्वको सरकारले गत वर्ष १० पुसमा ज्ञवालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।