हामी बनावटी गरिबीको शिकार बन्यौ – स्वामी अरुण

पद र शक्तिको लालसाले राजनीति दुषित बन्यो – नेता गिरि
तनाब ब्यबस्थापन सहितको जीवनका लागि संसारभर प्रबचन दिने तथा ध्यान शिबिरहरु संचालन गर्दै आउनु भएका ओशो तपोबन नेपालका संस्थापक स्वामी आनन्द अरुण र सधै निष्ठाको राजनीति गर्दै आउनु भएका नेपाली कांग्रेसका नेता तथा विश्लेषक प्रदिप गिरि सिड्नीमा ४ जनवरीको साँझ एकै मंचमा देखिए । आ-आफ्नो क्षेत्रमा बिज्ञ यी दुइ विद्वानको उपस्थितिमा आध्यात्म, राजनीति र यी दुवैको अन्तर सम्बन्धका बारे एक अन्तरक्रिया तथा प्रवचन कार्यक्रम सम्पन्न भयो।
ओशो आस्था ध्यान केन्द्र सिड्नीले आयोजना गरेको उक्त प्रबचन एबं अन्तरक्रिया कार्यक्रममा स्वामी आनन्द अरुणले तनाब मुक्त जीबनका सुत्रहरु र विश्लेषक प्रदिप गिरिले राजनीति, आध्यात्म बीचको अन्तरसम्बन्ध र स्वर्गीय सन्त नेता कृष्ण प्रसाद भट्टराईको जीवन तथा राजनीतिका बारेमा प्रबचन दिएका थिए।
प्राय जीबनलाई आध्यात्मिक आँखाले हेर्न र तनाब ब्यबस्थापन सहित बिना कारण खुशी रहन सक्ने स्थितिमा पुग्ने सबैलाई पेरणादायी प्रबचन दिने स्वामीले अधिकांश समय रजनीतिक बिकृति र समसामयिक नेपालका बारेमा धेरै कुराहरु बोलेका थिए । एक प्रश्नको उतरमा आफु राजनीतिक परिबार कै उपज भएका कारण राजनीतिकमा आफ्नो दिलचस्पी नरहे पनि जीबन व्यतित संगै देशको अस्त व्यस्त परिवेशले कसैलाई नोछोडेको स्वामीले बताए। देश धनि हुदाँ हुँदै पनि हामी बनावटी गरिबीको शिकार बनेको भन्दै प्रदिप गिरिको उदाहरण दिदै स्वामीले निष्ठाको राजनीति गर्नेहरु देशमा उँभो लाग्ने नसक्नु दुखद भएको बताए । एक करोड पर्यटक भित्रिनु पर्ने देशमा राम्रो एयरपोर्ट नहुनु, राजधानीलाई जोड्ने राम्रो सडकमार्ग सम्म पनि नहुदाँ पर्यटन ब्यबसाय दिन दिनै धराशायी भएको बताए। बिश्वका करिब ८० देशहरुमा १ लाख भन्दा बढी मानिसहरुलाई ओशो दीक्षा प्रदान गरिसकेका स्वामीले जति नै ब्यस्त भए पनि दिनको १ घण्टा आफ्नो लागि छुट्टाउन अनुरोध गर्दै उक्त एक घण्टालाई तिन भागमा बाँडेर पहिलो २० मिनेट योग दोश्रो २० मिनेट प्रणयाम र अन्तिम २० मिनेट ध्यानमा बिताउन सकेमात्र पनि तनाब पूर्ण जीबन धेरै हद सम्म ब्यबस्थित भएर जाने स्वामीको तर्क थियो।
राजनीतिलाई घृणा गर्ने आहिलेको जामत बीच पनि सधै आफ्नो निष्ठाबाट बिचलित नभई राजनीतिक गरेका कृष्ण प्रसाद भट्टराई सबैको श्रदेय रहेको उदाहरण दिदै नेता गिरिले परापुर्ब काल र हाम्रा हिन्दु शास्त्रमा समेत राजनीतिकमा अलिकति छलकपट अलिकति चलाखी हुने गरेका दृष्टान्त प्रस्तुत गरेका थिए । मेरो भएन भन्ने भन्दा अर्काको भयो भन्ने चिन्ताले ग्रस्त मनोभावना बीच नै हामी राजनीतिज्ञहरु रहेको जिकिर गर्दै गिरिले पदमा नरहे वा पद प्राप्त नगरे आफ्नो शक्ति क्षीण हुने वा यस्तै यस्तै बिबिध कारणहरु ले गर्दा लोभ, लालच बढ्दै जाने र त्यो नै अन्तत राजनीतिक बिकृतिको पथ बनेको बताए।
स्वामी आनन्द अरुणका गुरुभाई, गुरुबैनीहरु लगाएत नेपाली समुदायका सदस्यहरुको बाक्लो उपस्थिति रहको उक्त अबसरमा सिड्नीमा लामो समय देखि रहनु भएका डा. अमृत तिवारीले करिब २ बर्ष लगाएर नेपाली भाषाका पुस्तकहरु डिजिटल प्रबिधिमा पढ्न मिल्ने “किताब कल्ब” नामको एप्स पनि उद्घाटन एबम औपचारिक सुरुवात गरिएको थियो । स्वामी अरुणले उक्त एप्सको उद्घाटन गर्दै यसले बिश्वभरका नेपाली माझ नेपाली साहित्य सहज पहुँचका साथ पुग्ने बिश्वास ब्यक्त गर्दै शुभकामान ब्यक्त गरेका थिए । “किताब कल्ब” एप्सका बारेमा कार्यक्रममा बोल्दै यसका परिकल्पनाकार एबं निर्माता डा. तिवारीले बिश्वभर छरिएर नेपालीहरु रहदाँ र नेपाली साहित्य एबं पुस्तकको दायरा फराकिलो हुदै गर्दा समेत हाम्रो पहुँच डिजिटल प्रबिधिमा नपुगेकोले यसलाई सजिलै बिश्व संजालमा पुग्न आफुले यस्को निर्माण गरेको बताए । अंग्रेजी भाषाका पुस्तक पढ्न प्रयोग गरिने किन्डोल कै कन्सेप्टको यो एप्स प्रयोग गरि नेपाली पुस्तक पढ्ने र यहाँको दोश्रो पुस्ता सम्म हाम्रो साहित्य र भाषा जिबन्त राख्न योगदान दिन नेपाली समुदाय सामु तिवारीले अनुरोध गरे ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...