बलिउड चलचित्रमा युवराजको गायन

काठमाडौं— नेपाली चलचित्रका लोकप्रिय पाश्र्व गायक युवराज चौलागाईंले पहिलो पटक बलिउडको चलचित्रमा समेत आफ्नो स्वर दिएका छन् । यसै साता काठमाडौंमै रेकर्ड गरिएको हिन्दी चलचित्र ‘गल्ति’ मा युवराजले बलिउडका संगीतकार सन्तोष राजको संगीत निर्देशनमा ‘तेरी आँखो ने मेरी आँखो से…’ शीर्षकको गीत गाएका हुन् । यो गीतमा युवराजलाई बलिउडकै गायिका जमुनाले गायनमा साथ दिएकी छिन् । पियुष आर्य यो गीतका रचनाकार हुन् । काठमाडौंका ब्ल्याकपेपर स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।
मोहन जी महतो तथा सन्तोष विश्वकर्माद्वारा निर्मित यो चलचित्रको निर्देशन बि.प्रसाद साहूले गर्ने तय भएको छ । यो चलचित्रको छायांकन नेपालकै जोमसोम क्षेत्रमा गरिने बताइन्छ । एमआरआर ईन्टरटेन्मेन्ट तथा ओम आर्टद्वारा प्रस्तुत गरिएको यो चलचित्रलाई जी कम्पनिले वितरण गर्नेछ ।
यसै वर्ष चलचित्र ‘नोभेम्बर रेन’ को ‘तिमीलाई के भनौं’ गीतबाट सर्वोत्कृष्ट गायकको विधामा आधा दर्जनभन्दा बढि एवार्ड पाएका गायक चौलागाईंले गाएको चलचित्र ‘क्लासिक’ को ‘हारेँ हारेँ…’ गीत पछिल्लो समय लोकप्रिय छ । यसअघि गायक चौलागाईंले गाएको चलचित्र ‘छ एकान छ’ को शीर्षक गीत पनि लोकप्रिय थियो । गायक चौलागाईं चलचित्रका साथै सुगम संगीतमा आधारित गीतबाट पनि दर्शकमाझ लोकप्रिय छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...