उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति

काठमाडौं- न्यायपरिषदले उच्च अदालतमा ८० जना न्यायाधीशको नियुक्ति सिफारिस गरेको छ । हिजो राति अबेरसम्म बसेको बैठकले ८० जनाको नाम सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले जानकारी दिएका छन् ।
सिफारिस भएका न्यायाधीशहरुमा सहसचिव र विशिष्ट श्रेणी (कानून, न्याय, सरकारी वकिल) का १६, जिल्ला न्यायाधीशबाट ३७ तथा नेपाल बार एसोसिएसनबाट २७ जना छन् ।
परिषदको सिफारिस अनुसार सर्वोच्च अदालतका प्रधान न्यायाधीशले उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीश सुशीला कार्कीले ८० जनालाई नियुक्त गरेकी हुन् ।
सात प्रदेशमा रहेका उच्च अदालतका लागि न्याय सेवा, सरकारी वकिल र जिल्ला न्यायाधीशबाट गरी ८० जना न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस भएको हो ।
संविधानमा ‘जिल्ला न्यायाधीश या वरिष्ठ अधिवक्ताका रूपमा कम्तीमा पाँच वर्ष काम गरेको या अधिवक्ताका रूपमा कम्तीमा १० वर्ष निरन्तर वकालत गरेको या कानुनी क्षेत्रमा अध्यापन–अन्वेषण गरेको या न्यायसेवाको राजपत्रांकित सेवामा कम्तीमा पाँच वर्ष काम गरेको व्यक्ति उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त हुन योग्य भएको मानिने उल्लेख छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...