सुरेनको निर्देशनमा स्मृतिको  “बेकाबु….” सार्बजनिक 

-- The NTA / प्रकाशित मिति : आइतवार, माघ २, २०७३
अस्ट्रेलियामा रहेर गित संगीतमा सक्रिय र दर्जनौ गितहरु मा स्वर दिइसकेकी गायिका स्मृति पोख्रेलको आफ्नै स्वर र आफ्नै अभिनयमा रहेको “बेकाबु छ यो मौसम” गितको बोलको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ।
अस्ट्रेलियामा रहेका परिचत सुरेन फोटोग्राफीका सुरेन श्रेष्ठको निर्देशनमा रहेको यो म्युजिक भिडियो उनको  पछिल्लो चार महिनामा सार्बजनिक भएको पाँचौ म्युजिक भिडियो हो। नेसनल मिडिया प्रडक्सनको प्रस्तुतिमा रहेको यस म्युजिक भिडियोमा यस अगाडी फरक विधा र स्वादका म्युजिक भिडियोहरु निर्देशन गर्दै आइरहेका सुरेनको यो पहिलो  प्रेम र रोमान्स छल्किएको म्युजिक भिडियो हो। निकै रोमान्टिक अभिनयमा देखिएकी स्मृतिलाई यस म्युजिक भिडियोमा ब्रिटिश मोडेल श्यामले साथ दिएका छन्। पोख्रेलको एल्बम पप स्टार २ को यस गितमा गोबिन्द उपाध्यायका शब्द प्रविन र उज्जलले सम्पादन, आमोस तामांगले अरेन्ज रहेको छ भने टेक बयलकोटी क्यामेरामा रहेको छन।